कुन वरदान माग्छौ ?
पत्थरलाई फुल चढाएर,
खै के माग्छौ ?
निर्दोष आत्माको बलि चढाएर,
पाउछौ र केही ?
दुनियालाई नाङ्गो बनाएर
केवल पाउँछौ अब,
आफ्नै मुर्खताका उपहार ।।।
जे दिनु थियो तिमीलें ,
ईष्याका विषहरु बाँडी दियौ
तिमीलें कुकर्म गरी दियौ ,
सेलाएका देहहरु माथि ,
तिमी मन्दिर पवित्र छ भन्दैछौ,
तर त्यो मन्दिरमा पुजा गर्न किन सक्दैनौ ?
अर्पण र दर्पण गरी,
पुज्नै सक्दैनौ आत्माको पुजा,
त्यसैले त ति निश्प्राण पिण्डहरुलें ,
कति सराप्ने छन , त्यसरी सराप्ने छन ।।।
(बम लावती )
|
|