Migrant Trade Union (Seoul-Korea)
Korea - Çѱ¹¾î
Home
> Home   > Contact Us   > Site Map
  Asia Languages
  
   
  ChinaIndonesiaVietnamPhillippinesThailandBangladeshMongoliaUzbekistanSrilankaMyanmarNepalPakistan  
Nepal Room

Warning: Unknown: open(/home6/migrant/http/bbs/data/__zbSessionTMP/sess_52bc7064bc15367040d98df951f12af9, O_RDWR) failed: Permission denied (13) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/home6/migrant/http/bbs/data/__zbSessionTMP) in Unknown on line 0
  ..:: News Home

1711
2005-09-30 00:41:33
gam gurung
newsofnepalsep28.jpg (91.5 KB), Download : 2
भारतीय नेतालाई कालो झन्डा र ढुंगामुढा





    नेपालको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवध्दता जनाउन भनी नेपाल आएका भारतीय नेताहरु लाई विमानस्थलबाट अ‍ोर्लेदेखि कालो झन्डा प्रदर्शन गर्नुका साथै ढुंगामुढासमेत गरेका छन्। भारतीय नेताहरू गौशालाको बाटोतिरबाट निस्कन लाग्दा प्रदर्शनकारीहरूले ब्यानर बोकेका डन्डी र ढुंगा गाडीमा प्रहार गरेका थिए। गाडीमा ढुंगा लागे पनि उनीहरू घाइते भने भएनन्।

   भारतीय नेताहरुलाई वैदेशिक हस्तक्षेपविरुध्द युवा विद्यार्थी समूहको नाममा दिउँसो १ बजे विमानस्थलबाट निस्कने बित्तिकै कालो झण्डा र ब्यानर देखाइएको थियो। उनीहरुले विदेशी हस्तक्षेप मुर्दावाद, भारतीय दलाल देश छोड, भुटानी शरणार्थी फिर्ता गर, कालापानी हाम्रो हो, जस्ता नारा पनि लगाएका थिए।


   गम्भीर मौनताः नेपालको प्रजातान्त्रिक आन्दोलनलाई र्समर्थन गर्न बुधबार काठमाडौं आइपुगेका भारतीय नेताहरूलाई सांझ राजधानीको मनास्लु होटलमा आयोजित चियापान कार्यक्रममा स्वागत गर्नुहुंदै कांग्रेस सभापति कोइराला । तस्वीरः रवि मानन्धर/नेपाल समाचारपत्र

   भारतबाट भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटव्युरो सदस्य सीताराम यचुरीको नेतृत्वमा पाँच सदस्यीय टोली राजधानी आएको छ। अन्य नेताहरुमा सत्तारुढ काँग्रेस आईका सांसद रविशंकर साहु , भारतीय कम्युनिष्ट पार्टी केन्द्रीय कार्यकारी सचिव डी राजा, समाजवादी आन्दोलनका वरिष्ठ नेता तथा पूर्व सांसद सुरेन्द्र मोहन र भारतीय राष्ट्रिय काँग्रेसका महासचिव डी पी त्रिपाठी हुनुहुन्छ।

   उनीहरुले हिजै बुधबार नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासित भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा भारतीय नेताहरुले आफू र भारतीय जनताका तर्फबाट नेपालको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवध्दता जनाएका थिए।

  त्यसैगरी काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिनुभएको थियो।

   यसैबीच सरकारी सञ्चारमाध्यमहरुमा भारतीय नेताको आगमनपछि विदेशी हस्तक्षेपका समाचार र विचारलाई प्राथमिकताका साथ प्रकाशन प्रसारण थालिएको छ। बुधबार सरकारी सञ्चार एजेन्सी राससले पाँच वटा समाचार सामाग्री वैदेशिक हस्तक्षेपसम्बन्धी पठाएको थियो। त्यसैगरी नेपाल टेलिभिजन र रेडियो नेपालमा पनि यससम्बन्धी समाचार पहिलो प्राथमिकताका साथ प्रसारण गरिएको छ।

  उता राजावादीहरुले भारतीय नेताहरु जहाँ जहाँ जान्छन्, त्यहाँ त्यहाँ विरोध गर्न र आवश्यक परे मुठभेडमा समेत उत्रन आफ्ना विश्वासपात्रहरुलाई निर्देशन दिएको थाहा भएको छ। हिजो कालो झण्डा देखाउने समूहले त त्यसो गर्ने घोषणा पनि गरिसकेको छ।

  भारतीय नेताहरुले आन्दोलनरत सात दलका नेतासित भेटवार्ता गरी उनीहरुद्वारा आयोजित सभामा समेत सहभागी भइ सम्बोधन गर्ने कार्यक्रम छ।




   बाढीबाट बत्तीसको मृत्यु

gam gurung
2005/10/03

   अब भिसाको जिम्मा कम्पनीले लिने

gam gurung
2005/09/25

Copyright 1999-2026 Zeroboard / skin by WS

Warning: Unknown: open(data/__zbSessionTMP/sess_b5fb848c997a6984983a8b235340b0a7, O_RDWR) failed: Permission denied (13) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (data/__zbSessionTMP) in Unknown on line 0