Migrant Trade Union (Seoul-Korea)
Korea - Çѱ¹¾î
Home
> Home   > Contact Us   > Site Map
  Asia Languages
  
   
  ChinaIndonesiaVietnamPhillippinesThailandBangladeshMongoliaUzbekistanSrilankaMyanmarNepalPakistan  
Nepal Room

Warning: Unknown: open(/home6/migrant/http/bbs/data/__zbSessionTMP/sess_28fc0113185d20fd6b70587c76076000, O_RDWR) failed: Permission denied (13) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/home6/migrant/http/bbs/data/__zbSessionTMP) in Unknown on line 0
  ..:: News Home

1711
2005-10-03 09:28:04
gam gurung
बाढीबाट बत्तीसको मृत्यु


  
    डडेल्धुरा, असोज १५ - बाढी र पहिरोले डडेल्धुरा जिल्लामा मर्नेहरूको संख्या ३२ पुगेको छ । बाढीबाट मृत्यु हुनेमा १७ महिला, ७ बालबालिका र ८ पुरुष छन् । यस घटनामा ४७ को मृत्यु भएको अनुमान गरिएको थियो ।

    उद्धारका लागि सेना, प्रहरी, सशस्त्र प्रहरी तथा सरकारी कुनै पनि निकाय घटनास्थलमा पुगेका छैनन् । नेपाल बार एसोसिएसनका अध्यक्ष गणेशराज भट्टको नेतृत्वमा गएको टोली र जिल्ला रेडक्रसको टोलीबाहेक एक सातासम्म अरू कोही पीडितको उद्धारमा पुगेको छैन ।

    सरकारी सञ्चार माध्यमबाट घटनाका बारेमा पटकपटक भ्रामक तथा लक्ष्यहीन समाचार प्रकाशित भएको विषयलाई लिएर स्थानीय बासिन्दा आक्रोशित भएका छन् । भीषण बाढी र पहिरोबाट मर्नेहरूमा शीर्ष गाविस-३ लदौलीका जगनसिंह बोहरा, पार्वती बोहरा, उदयसिंह बोहरा, हरिना बोहरा, दीपा बोहरा, ईश्वरी बोहरा, डम्बरी बोहरा, भागरथी बोहरा, चन्द्रा बोहरा यसैगरी सोही वडाका कलावती बोहरा, हरिसिं बोहरा रहेका छन् ।

    यसैगरी मर्नेहरूमा शीर्ष वडा नं. २ रद्दपानीका जरिमान नाथ, रमेश नाथ, राधा नाथ, कमला नाथ, कृष्ण नाथ रहेका छन् ।

    यसैगरी शीर्ष गाविसकै वडा नं. ४ तोडिलाका हरिनादेवी ऐर, वीरे ऐर, कलावती ऐर, काली ऐर, खगेन्द्र ऐर र दुई वषर्ीय शोभा ऐर रहेका छन् भने सोही वडाकै बिरमादेवी ऐर, धनबहादुर ऐर रहेका छन् । यसैगरी शीर्ष गाविसकै वडा नं. ५ का बोडे कामी, सीता कामी, एक नाम नखुलेको नौ महिनाको बालक, जसुली कामी, ईश्वरी कामी, लक्ष्मी कामी, रमेश कामी, भजने सार्की र विष्णा सार्की रहेका छन् ।

बाढी र पहिरोले गर्दा शीर्ष गाविसका आधा दर्जन गाउँहरूको अवस्था अझै अज्ञात छ ।



   गिनिज बुकमा नेपाली महिलाको नाम दर्ता

gam gurung
2005/10/03

   भारतीय नेतालाई कालो झन्डा र ढुंगामुढा

gam gurung
2005/09/30

Copyright 1999-2026 Zeroboard / skin by WS

Warning: Unknown: open(data/__zbSessionTMP/sess_ab5e769d5d68384a8d548ecf6e83e0b4, O_RDWR) failed: Permission denied (13) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (data/__zbSessionTMP) in Unknown on line 0