|
|
Warning: Unknown: open(/home6/migrant/http/bbs/data/__zbSessionTMP/sess_6745213dc9da7ee3eff131614dabd111, O_RDWR) failed: Permission denied (13) in Unknown on line 0
Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (/home6/migrant/http/bbs/data/__zbSessionTMP) in Unknown on line 0
|
 |
2005-10-03 09:33:47 |
|
|
gam gurung |
गिनिज बुकमा नेपाली महिलाको नाम दर्ता |
|
|
एकैचोटि ७३ वटा शब्द कण्ठ गरेर नेपालकी प्रतिष्ठा अमात्य विष्ट (२९) ले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम लेखाएकी छिन्।
पांच सेकेन्डभित्र दुइ पटक सोधिएका वस्तुका नाम क्रमैसंग भन्नुपर्ने मापदण्ड उनले पूरा गरेकी थिइन्। गत चैत १२ गते नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान र नोबेल एकेडेमीले आयोजना गरेको स्मरण शक्ति बढाउने कार्यक्रममा ७३ वटा शब्द खरर भनेकी थिइन्। यही असोजको पहिलो साता उनको नाम गिनिज बुकमा दर्ता गरिएको थियो।
यसअघि बेलायती नागरिक आदेल अनवरले ५५ वस्तुको स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा विष्टलाई विश्वकीर्तिमान प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।
बेलायतस्थित गिनिज वर्ल्ड रेकर्डस् लिमिटेडले उनलाई स्मरण क्षमतामा विश्वकीर्तिमानी घोषित गरी प्रमाणपत्र दिएको हो। गिनिज बुकमा नेपालले पर्वतारोहण क्षेत्रमा छुट्टाछुट्टै छवटा विश्वकीर्तिमान कायम गरेको रेकर्ड छ।
कार्यक्रममा उनले छिट्टै आफू अर्को नयां विषयमा कीर्तिमान कायम गर्न लागिपने बताइन्।
|
|
|
|
|
|
|
Warning: Unknown: open(data/__zbSessionTMP/sess_786785ef1706590fb26b8301dca6e9c7, O_RDWR) failed: Permission denied (13) in Unknown on line 0
Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (data/__zbSessionTMP) in Unknown on line 0
| |