Migrant trade union ÀÌÁֳ뵿Àڳ뵿Á¶ÇÕ
Ȩ | ÀÌÀüȨÆäÀÌÁö°¡±â
  ChinaIndonesiaVietnamPhillippinesThailandBangladeshMongoliaUzbekistanSrilankaburmaNepalPakistan  

    Nepal[Nepal]

0
 94   5   1
  View Articles

Name  
   gam gurung 
Homepage  
   http://kr.blog.yahoo.com/namelho
Link #1  
   http://kr.blog.yahoo.com/namelho
Subject  
   लाखौं रुपैंया ठगी मेनपावर कम्पनीका सञ्च

    विदेश पठाइदिने प्रलोभनमा दर्जनौं र्सवसाधाराणको लाखौं रुपियाँ ठगी पोखराको न्यूरोड स्थित डि्रम सिकर्स ओभरसिजका सञ्चालकहरु फरार भएका छन् ।
नेपाल सरकारबाट स्वीकृति नलिई अवैध रुपमा सञ्चालन भएको डि्रम सिकर्स ओभरसिजका मुख्य मालिक धरान नगरापलिका-१५ सुनसरी घर भएका राजकुमार भन्ने राजु श्रेष्ठले भारतको दिल्लीबाट विदेश पठाइदिने प्रलोभन देखाउने गरेको तथा पोखरा कार्यालयका आफूलाई कतै नवीन र कतै गोविन बताउँदै हिंड्ने चितवन घर भएका गोविन्दबहादुर बस्नेत र लेखनाथ नगरपालिका बेगनासका राम रानाभाटले विदेश जान चाहनेहरुबाट पैसा असुली मुख्य मालिक राजकुमार भन्ने राजु श्रेष्ठलाई दिने गरेको पीडित युवाहरु बताउँछन् । मेनपावरका श्रेष्ठ र बस्नेत पोखराबाट वेपत्ता भएपछि आफू ठगिएको चाल पाएका युवाहरुले यही जेठको सुरुदेखि वेपत्ता रहेका सञ्चालकहरुलाई कारवाही गरिपाउँ भनी जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएका छन् ।
  पीडितहरुका अनुसार, म्यानपावर सञ्चालकहरुले उनीहरुलाई भारतको दिल्लीबाट नेपाल सरकारले मान्यता नदिएका देश इराक, क्यानडा, अष्ट्रेलिया, कोरिया, यूरोपियन मुलकहरु, कतार, दुबई र अरवियन मुलुकहरुमा काम गर्ने गरी भिसा मिलाई दिने भनी प्रति व्यक्ति दर्ुइलाख रुपियाँसम्म असुलेका थिए । यसरी ठगिनेहरुमा लेखनाथ नगरपालिकाका विकास रानाभाट, लेखनाथ-११ पचभैयाका रेशमबहादुर परियार, पोखरा-१७ घारीपाटनका भेषबहादुर सुनार र रामकुमार श्रेष्ठ, पाचोक-७ लमजुङका बलराम घले, धादिङवेशीका रामबहादुर गुरुङ रहेका छन् । आफूहरुलाई इराक पठाइदिन्छांै भनि भारतको दिल्लीमा पुर्‍याएर अलपत्र छाडेको बताए । त्यस्तै कतार जान पाउने आशामा पासपोर्ट र मोटो रकम बुझाएका २० जना युवाहरु अहिले पोखरामा नै अलपत्र परेका छन् ।

  मेनपावर सञ्चालकहरुले कार्यालय सञ्चालनका क्रममा पोखराका विभिन्न स्थानहरुमा लिएका कोठा भाडा तिर्न हजारौं रुपियाँ बाँकी रहेको पाइएको छ । घरधनी कुलबहादुर तिमिल्सिनाका अनुसार आफ्नो घरमा भाडामा लिई बसेका डि्रम सिकर्स ओभरसिजका सञ्चालकहरु फरार भएकाले कोठाको ताला खोलिपाउँ भनी जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएपछि प्रहरी, प्रशासन, पत्रकार, वडा सचिव, केही पीडितहरु र घरधनीको रोहवरमा कोठाको ताला खोलिएको छ ।

Prev
    मदन कृष्ण श्रेष्ठ हरिवंश आचार्य डां शम्भ&

gam gurung
Next
   लोकतन्त्र विरोधी र भ्रष्टचारलाई कालोमोस&

gam gurung


Copyright 1999-2024 Zeroboard / skin by Zetyx

migrants trade union homepage   ||  NO COPYRIGHT! JUST COPYLEFT!
-> 3F medicenter building 70-27 yegwandong joong-gu seoul (100-290)
/ tel : 02-2285-6068 / fax : 02-2269-6166 /Powered by nodong.net modified by MTU

ÀÌÁֳ뵿ÀÚ ³ëµ¿Á¶ÇÕ È¨ÆäÀÌÁöÀÔ´Ï´Ù.   ||  NO COPYRIGHT! JUST COPYLEFT!
-> ¿À½Ã´Â ±æ ¼­¿ï Áß±¸ ¿¹°üµ¿ 70-27 ¹Ìµð¼¾Åͺôµù 3Ãþ 304È£(¿ì100-290)
/ tel ÀüÈ­ : 02-2285-6068 / fax Æѽº : 02-2269-6166 /Powered by ³ëµ¿³Ý modified by MTU


Warning: Unknown: open(data/__zbSessionTMP/sess_93922c02d80022cebda6605487287305, O_RDWR) failed: Permission denied (13) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (data/__zbSessionTMP) in Unknown on line 0