Migrant trade union ÀÌÁֳ뵿Àڳ뵿Á¶ÇÕ
Ȩ | ÀÌÀüȨÆäÀÌÁö°¡±â
  ChinaIndonesiaVietnamPhillippinesThailandBangladeshMongoliaUzbekistanSrilankaburmaNepalPakistan  

    Nepal[Nepal]

0
 94   5   1
  View Articles

Name  
   MTUÀÌÁÖ³ëÁ¶ 
File #1  
   main01[1].jpg (81.2 KB)   Download : 44
File #2  
   STC_0824.JPG (115.2 KB)   Download : 32
Subject  
   rally in korea


विशाल विरोध यालि प्रर्दशन
Dambar subba
Photo Uttam gurung
दक्षिण  कोरियाको नव निर्वाचित राष्‍ट्रपति लि म्यङृ बाकको राष्‍ट्रपतिको सपथ ग्रहण गर्न भन्दा १ दिन अगाडि आज २४ तारिखको दिन प्रवासी मजदूरहरुको हक हित र मानव अधिकार सम्बन्धी सुरक्षाको माग गर्दे विशाल विरोध यालि प्रर्दशन गरिएको छ । प्रवासी मजदुर युनियन, कोरियन डोमोक्रेटिक मजदुर पाटी्, कोरियन डोमोक्रेटिक मजदुर युनियन, धार्मिक, सामाजिक, मानव अधिकारवादी तथा विभिन्न संघ संस्थाहरुहरुको संयुक्त आयोजकत्वमा सिओलको हेवादोङृ स्‍िथीत मारुनी पार्कमा गरिएको सो विरोध -यालि प्रर्दशनीमा थेगु, थेजन, पुसान लगायत अन्य स्थानहरुबाट अन्दाजी ४ हजार जति कोरियन र प्रवासी मजदुरहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा प्रवासी मजदुर युनियनका कार्यवाहक अध्यक्ष तोर्ण लिम्बुले " दक्षिण कोरियामा प्रवासीहरुको संख्या १० लाख पुगि सकेको छ । कोरियन सरकारले ती १० लाख प्रवासीहरुको हक हित र मानव अधिकारको सुरक्षा र सम्बर्दनको लागी स्थापित प्रवासी मजदुर युनियनलाई राजनितीकरण गरी कानुनी रुपमा मान्यता दिई अस्वीकार मात्र नभएर विभिन्न प्रकारका दवावमूलक कार्यहरु गर्दे आई रहेको छ । निवर्तमान नो मु हयन सरकारले प्रवासी मजदुरहरुलाई अन्याय अत्याचार एवम मानव अधिकारको हनन मात्र नभई जन्तु झै व्यवहार गर्दे आई रहेको छ । त्यस कारण नव निर्वाचित राष्‍ट्रपति लि म्यङृ बाकले पुन त्यस्ता गल्तीहरु नदो-याउन आग्रह गर्दे प्रवासी मजदुरहरुको हक हित र मानवअधिकारको सुरक्षित हुने व्यवस्थीत निती निर्धारण गर्नु पर्ने माग गर्नु भयो ।

त्यस्तै कार्यकममा २००७ फेबु्रअरी ११ तारिख यसु अध्यागम विभागको विदेशी बन्दी गृहमा आगलागी परी १० जना प्रवासी मजदुरहरुको मृत्यु र १७ जना घाईते भएको १ बर्ष भएको छ तर उक्त आगलागीको बेला सरकारले बन्दी गृहको उचित सुरक्षा व्यवस्था घाईतेहरुलाई उचित क्षतिपुर्ति मानव अधिकारको संरक्षण आदी सम्बन्धी सरकारले जनसमक्ष सुधार गर्ने वाचा गरेता पनि अझ सम्म त्यो वाचा पुरा गर्ने नसक्नु मात्र नभएर अझ झन अमानविय दवावमूलक कार्य गर्दे आई रहेको विषयलाई सार्वजनिक गरिएको थियो ।

सो कार्यक्रममा कोरियाका  विभिन्न संघ संस्था  संग्दोग ग्वान्गजिन इजुनोदोंग्जा इनकोंन चिम ,थाहामके,ठेगु ख्यंग्बुक बाट आयेका प्रवासी श्रमिकहरु ,येस्टियु, छंगुक भिजन्गकुजिक नोजो हेई (छन्बियाँन)इजू नोजो चिजी मोइम ,छ्ल्गोमिन ,साइजिम्बू हयोंदे ,इरेण्ड इल्बान नोजो ,हाक्सिंग हेन्जिन का  वरिष्ट वक्ताहरुले प्रवासी मजदुरहरु माथि भई रहेको दवावमूलक अन्याय अत्याचार र मानव अधिकारका हनन जस्ता कार्यले गर्दा विश्वमा कोरियाको ईमेज माथि नराम्रो असर पर्दे गई रहेको हुनाले यस्ता अमानविय कार्यहरु प्रति नव निर्वाचित राष्‍ट्रपति लि म्यङृ बाकको ध्यान जानु पर्ने बिषयको पुष्टि गर्दे सहज र सकारात्कम एवम प्रवासीहरुको लागी न्यानो समाजको निर्माण गर्नु पर्ने माग गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल, बंगलादेश, फिलीपिन्स, थाईलेण्ड, ईन्डोनेशिया, बर्मा,पाकिस्तान ,मंगोलिया,भेतनाम,चाइना आदी विभिन्न राष्टका प्रतिनिधिहरुको मन्तव्य दिनु भएको थियो । कार्यक्रमको अन्तमा हेवादोङृ स्‍िथीत मारुनी पार्क देखि प्रवासी मजदुर युनियनलाई कानुनी मान्यता प्रदान गर, अमानविय धडपबड तुरुन्त बन्द गर, अवैधानिक प्रवासी मजदुरलाई वैधानिक गर, अध्यागमको नयां विधान तुरुन्त खारेज गर, जस्ता विभिन्न नारा लगाउदै छोङृनोको सामसुङृ टावर अगाडी पुगेर आम सभामा परिणत भई विर्सजन गरिएको थियो ।




7 संलग्नक — सभी संलग्नक डाउनलोड करें सभी छवियाँ देखें
  main01[1].jpg
82K देखें डाउनलोड करें  

  STB_0823.JPG
137K देखें डाउनलोड करें  

  STB_0828.JPG
133K देखें डाउनलोड करें  

  STB_0830.JPG
140K देखें डाउनलोड करें  

  STC_0811.JPG
82K देखें डाउनलोड करें  

  STC_0824.JPG
116K देखें डाउनलोड करें  

  STC_0831.JPG
138K देखें डाउनलोड  


Prev
   नेपाली जनसम्पर्क समिति कोरियाको ठेगु साख

uttam
Next
   प्रवाशी श्रमिक युनियनले राष्ट्र व्यापि व

MTUÀÌÁÖ³ëÁ¶


Copyright 1999-2024 Zeroboard / skin by Zetyx

migrants trade union homepage   ||  NO COPYRIGHT! JUST COPYLEFT!
-> 3F medicenter building 70-27 yegwandong joong-gu seoul (100-290)
/ tel : 02-2285-6068 / fax : 02-2269-6166 /Powered by nodong.net modified by MTU

ÀÌÁֳ뵿ÀÚ ³ëµ¿Á¶ÇÕ È¨ÆäÀÌÁöÀÔ´Ï´Ù.   ||  NO COPYRIGHT! JUST COPYLEFT!
-> ¿À½Ã´Â ±æ ¼­¿ï Áß±¸ ¿¹°üµ¿ 70-27 ¹Ìµð¼¾Åͺôµù 3Ãþ 304È£(¿ì100-290)
/ tel ÀüÈ­ : 02-2285-6068 / fax Æѽº : 02-2269-6166 /Powered by ³ëµ¿³Ý modified by MTU


Warning: Unknown: open(data/__zbSessionTMP/sess_29263e8fa3e66f88e01ed45a4a2464f7, O_RDWR) failed: Permission denied (13) in Unknown on line 0

Warning: Unknown: Failed to write session data (files). Please verify that the current setting of session.save_path is correct (data/__zbSessionTMP) in Unknown on line 0