प्रवाशामा रहेर पनी खेलकूद क्षेत्रमा सधै हौसला बड़ाउन समर्पित युवा हरुको एक समूह जो राजधानी सौलको सोंग्फा मा पर्ने मुन्जंग येरियामा बसोवाश गर्ने नेपालीहरुले २००२ साल बाट भलिबल खेल्दै आएता पनी म्याग्दी, बाग्लुंग र स्यांगजा बिभिन्न टीम हरुमा विभाजित भएर खेल्नुका साथै बाकि रहेका साथिहरु पनी मुन्जंग को नाम बाट प्रत्येक खेलहरुमा सहभागिता हुन्दै आएको सर्वबिदितै छ / सोही क्षेत्रका साथिहरुको भेलाले आउने अगस्त महिनाको २ तारीख भलिबल प्रतियोगिता गर्ने भएको कुरा उक्त क्लबका राम खडका ज्यूले जानकारी गराउनु भएको थियो / सदाको खेलहरु भन्दा उक्त प्रतियोगितामा पुरस्कार रासी पनी बड़ाउने र प्रत्येक खेलाडीहरुलाई मेडल बितरण गर्ने भएको छ / सधै अरु टीम बाट सहभागिता हुन्दै आएता पनी यस प्रतियोगितामा भने आफ्नै क्लब बाट सहभागिता हुने भएको छ /