ईपीएस बारे हामी पनि भन्न चाहन्छौ-प्रवासी श्रमिक
Date : 09-10-02 10:22 Bookmark and Share


हालै ईपीएस लागु भएको ५ बर्ष भएको छ । ईपीएसमा आएका श्रमिकहरु यस प्रणालीमा एकदमै गम्भीर समस्याहरु रहेको छ भन्ने विषयमा एकमत छन । प्रवासी श्रमिक युनियनले गत अगस्त १६ तारिखको दिन फिलिपिन्स,बंगलादेश,नेपाल,भियतनाम आदी राष्ट्र प्रवासी श्रमिकहरुसंग ईपीएसमा भएको समस्या सम्बन्धमा सल्लाह सुझावको बारेमा अन्र्तकि्रया कार्यक्रम गरेको थियो । भरखर्र ईपीएसको नयां विधान सांसदमा पारित भएता पनि त्यो विषयहरु वास्ताविकतामा अप्ठयारोमा परि रहेका प्रवासी श्रमिकहरुको समस्या समाधान गर्नको निम्ती अत्यन्त न्युन छ ।

" ईपीएसको बारेमा प्रवासी श्रमिकहरुको मुल्यांकन "

एएन बंगलादेश : गत फेब्रुअरी २४ तारिख कोरिया आएको हो । उईजडबुको कंम्पनीमा काम गर्नु शुरु गरे । सम्झौतापत्रमा उल्लेख भए अनुसार विहान ८ बजे देखि बेलुकाको ५ बजे सम्म भनेर तोकिएको भएता पनि १०~११ बजे सम्म मात्र नभएर विहानको ४ बजे सम्म पनि काम गर्नु परेको छ । खाना खाई सके पछि रेष्ट हुनु पर्ने त्यो पनि छैन । कोरियनहरुले धेरै गाली मात्र गर्छ ।

एक महिना पछि तलब प्राप्त भयो त्यो हेर्दा न्युनतम तलब ९ लाख ४ हजार थियो । ओभर टाईम एकदमै बढी गरेको थिए तर ओभरटाईमको पैसा किन छैन भनी मालिकसंग प्रश्न गर्दा मालिकले "तं एक बर्ष सम्म यहां बस्नु पर्छ त्यो अवधी भरि पैसा दिने बारेमा मेरो मनको कुरा हो" भन्यो ।

केहि महिना पछि मेरो नपाएको तलब माग गरेको थिए मालिकले अर्को ठाउंमा जा भनेर हामीलाई कंम्पनीबाट निकाली दियो । सो कंम्पनीमा काम गर्ने हामी ४ जना मध्ये २ जना कन्टेनरमा बस्ने गरेको थियौ । कंम्पनीबाट निकाली दिए पछि जाने ठाउं नभएकोले हामी प्रहरी कार्यलय गएको थियौ । प्रहरी कार्यलयबाट कंम्पनी मालिकलाई फोन गरेको थियो । तर कंम्पनी मालिकले हामीलाई पुन काममा नराख्ने मात्र नभई कंम्पनी सर्न स्वीकृती पत्र समेत नदिने बतायो ।

एसओ बंगलादेश : प्राय गरि कंम्पनीहरुमा बस्ने व्यवस्था राम्रो छैन । विदाको दिनमा काम गरे पनि पैसा पाईन्दैन । खानामा पनि समस्या छ । शुरुमा कोरिया आउंदा खाना नमिलेर खाना खान नसकेर मालिकलाई जानकारी गराएको थियौ तर मालिकले "आफै बुझेर गर" भनेर कुनै सहयोग गरेन । कंम्पनीमा काम गर्ने अवधि ३ बर्ष सो अवधीमा कंम्पनी सर्ने ३ पल्ट मात्र पाउने र कंम्पनीमा काम नभएको अवस्थामा मालिकले अल्छे गन्दे भन्दै कंम्पनीबाट निकाली दिन्छ ।

एमआई फिलिपिन्स ; मेरो विचारमा ईपीएसमा दुई प्रकारको समस्या छ । प्रथम समस्या कंम्पनीमा छ । तलब नदिने कुटपीट गर्ने गाली गलैज गर्ने आदी …यिनीहरु विगतका प्रशिक्षण प्रणालीमा भए झै संवेदनशील समस्या हो । दोस्रो नितिगत समस्या छ । कंम्पनी सर्ने विषयमा कंम्पनी मालिकलाई सम्पूर्ण अधिकार सुम्पिएको छ । जुन कम्पनी मालिकलाई प्रवासी श्रमिकहरुलाई अन्याय अत्याचार गर्ने अधिकार दिएको हो । साथै आर्थिक मन्दीको अवस्थामा कंम्पनीले लामो विदा दिनेकंम्पनी टुटने जस्ता अवस्था धेरै भई रहेको छ । यस्तो अवस्थामा २ महिना भित्र नयां कंम्पनी खोज्नु गाह्रो हुन्छ ।

युनियनको एक सदस्यको केस हेर्दा कंम्पनी सर्नको कारण खुलाउदा कंम्पनीले गलत रिपोर्ट गरेर हानी नोक्सानी पर्ने गएको पनि छ । कंम्पनीमा दुरघटना हुने विषय पनि गंम्भीर छ । तल्लो स्तरिय काम गर्ने वातावरणलामो समय सम्म काम गर्नु पर्नाले दुरघटना हुने सम्भाना अधिकतम रहेको छ ।

एलई फिलिपिन्स : मेरो अवस्थालाई हेर्ने हो भने कंम्पनीमा काम सिकाउने कोरियनले मैले कोरियन भाषा राम्रो बुझिन भनेर फलामको रटले मलाई हिर्कायो । यस बिषयमा मालिकलाई जानकारी गराएको थिए तर मालिकले उक्त कोरियनलाई चेतावनी मात्र दियो । यो एकदमै भेदभाव हो ।

एमआई नेपाल : माछा पालनमा काम गर्ने एक श्रीलंकाको प्रवासी श्रमिकलाई भेटेको थिए । कोरिया आउनु भन्दा अघि गरेको सम्झौतापत्र भन्दा एकदमै भिन्न काम रहेका बताएको थियो । विदा नहुन रेष्ट गर्ने समय नहुनले गर्दा एकदमै साह्रो भएको बताएको थियो ।
व्यवहार र संस्कार पनि एकदमै भिन्दै छ । श्रीलंकाका नागरिकहरुलाई खुटटाले हिर्काउनु ठुलो वेईज्जती गर्नु हो । काम गर्ने स्थानमा श्रीलंकाका प्रवासी श्रमिकलाई विहान उठाउदा खुटटाले हिर्काउदै र पानी खनाएर उठाउछ । वहांले विहान आंखा खोल्दा नर्कमा भएको अनुभव हुन्छ भन्नु भएको थियो । साथै वहांले कोरिया आउदा ब्रोकरलाई दिएको पैसा उठाउनु पर्नाले काम छोडनु पनि सक्दीन । विदा मात्र पाए पनि हुन्थ्यो भन्नु भएको थियो ।

बि भियतनामः एक दिनको ज्याला ३२ हजार १ सय ८० वन पाएको थिए । वस्ने खाने र विजुलीको विल तथा दैनिक जिवनमा आवश्यक पर्ने समान किन्नको लागी तलब बढी हुनु पर्ने तर त्यो नभई एकदम कम तलब पाउनाले पैसा कमाउन सकेको छुईन । त्यसैले खानेकुरा कम खाने गर्छु र स्वास्थ्य त्यत्ति राम्रो छैन । जसले गर्दा काम गर्ने तागत पनि छैन । कोरिया सरकार र श्रम मन्त्रालयले न्यायपूर्ण तरिकाले विदेशी श्रमिक नितीलाई परिवर्तन गरेर यस्ता समस्याहरु समाधान गर्नु पर्छ ।

ईपीएसमा श्रमिक अधिकार सुरक्षित छ ?

एम : ईपीएसको बारेमा प्रशिक्षण लिदा मजदुर ३ अधिकारको बारेमा सुनेको छुईन । सायद अन्य कसैले जानेको छैन ।

एच : बंगलादेशको श्रमिक सम्झौता पत्रको पछाडी प्रवासी युनियनमा संलग्न हुनु हुन्न भन्ने विषयको करारनामा हुन्छ । त्यस स्थानमा अनिवार्य हस्ताक्षर गर्नु पर्छ । साथै एक बर्षको अवधिमा काम नसर्न एक बर्षको अवधि भरि तलब बढाई नमाग्ने जस्ता बिषयहरु हुन्छ । सो कोरियाको एचआरडीएसके ( The Human Resources Development Service of Korea) ले माग गरेका बिषयहरु हुन ।

एमआई : कोरिया सरकारले ईपीएस मार्फत आउने श्रमिकहरुलाई आउनु भन्दा अघि स्वदेशमा बांडिएको जानकारी पर्चामा सो बिषयहरु उल्लेखित हुन्छ । प्रवासी युनियनमा लाग्न हुदैन आन्दोलन गर्नु हुदैन जस्ता बिषयहरु हुन्छ । अन्य सम्पूर्ण राष्ट्रको जानकारी पचार्मा त्यस्तो उल्लेखित हुन्छ या हुदैन त्यो त थाहा भएन तर नेपाल बंगलादेश म्यानमाको जानकारी पचार्मा यस्तो उल्लेखित छ ।