photo_2017-03-06_18-47-14.jpg 5 phyanthek.jpg प्रवासी मजदुर संगठन (एमटियु)को फ्यंगथेक शाखा गठन साथै शैक्षिक कार्यक्रम संम्पन्न


कोरियामा रहेको सम्पूर्ण प्रवासी मजदुरको हक अधिकार प्राप्तिको निम्ति २००५ मा गठन गरिएको प्रवासी मजदुर संगठन (एमटियु)को फ्यंगथेक शाखा मार्च ५ तारिक केसीटियु फ्यंगथेक शाखा कार्यालयमा गठन कार्य साथै शैक्षिक कार्यक्रम सम्पन्न भएको छ .कार्यक्रममा उपस्थित सदस्यहरु मध्येबाट शाखा अध्यक्ष ,उपाध्यक्ष ,सचिवको चयन गरिएको थियो .यसैगरी अध्यक्षमा सन्तोष गुरुङ ,उपध्यक्ष सुश्री गंगा भट्ट र सचिब देबेन्द्र भुषाल सर्बसहमतिबाट चयन हुनु भएको छ . उहाहरुले आफ्नो कार्यकालमा सक्रिय भएर काम गर्ने प्रति बद्दता व्यक्त गर्नु भएको थियो . यसै क्रममा अध्यक्ष सन्तोष गुरुङले कोरियाले प्रवासी मजदुरको आवश्यक परेर हामी आएको हौ. तर हामीलाइ गरिने भेदभाव, अमानविय ब्यबहार दिन प्रतिदिन बढी रहेको छ . जतिसुकै गार्हो काम गर्न बाध्य छौ .यस्तो अवस्थामा कम्पनी परिबर्तन गर्न पाइदैन ,जोखिम पूर्ण काम गर्नु परेको छ .तर कम्पनी र सरकारले यसको सुधार प्रति कुनै चासो देखाएको छैन . यस्तो नराम्रो पक्षको सुधारकोलागि सबै एकजुट हौ भन्नु भयो . उपाध्यक्ष गंगा भट्टले कोरियामा कम्पनी तथा कृषि क्षेत्रमा पुरुषको तुलनामा  महिला प्रवासी मजदुरले तलब लगायत सेवा सुबिधा कम पाउने गरेको ,धेरै यौनदुर्ब्यबहार भोग्नु परेको , शारीरिक क्षेमता भन्दा बढी काम लगाउने गरेको ,बिरामी हुदा उपचार खर्च नदिन ,शुरक्षित बसोबासको ब्यबस्थामा ध्यान नदिने गरेको घटनाहरु धेरै छन . कम्पनी र सरकारले  प्रवासी महिला मजदुरलाई समान ब्यबहार गर्नु पर्ने कुरा बताउनु भएको थियो. सचिब देबेन्द्र भुषालले आफु हाम्रो  संगठन एमटियुको शाखाको सचिब पद सम्हाल्न पाउदा मलाई ज्यादै खुशी लागेको छ . प्रवासीको कृषि लगायत सबै क्षेत्रमा समस्या धेरैछ .  यो इपिएसमा सबै अधिकार कम्पनीलाइ सरकारले दिएको कारणले भएको हो . ३ बर्ष भन्दा काम गर्न नपाइने त्यो भन्दा बढी काम गर्न चाहेमा कम्पनीको अनुमति चाहिने ,अवधि  थप नगरिने होकी भनेर सधै कम्पनीले गरें अभद्र व्यवहार सहन बाध्य हुनु पर्ने स्थिति छ . हामी प्रवासी मजदुरको स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउने अधिकार खोसिएको छ . म कृषिमा काम गर्छु उत्पादन क्षेत्रमा जस्तै काम गर्ने समय एउतै हो तर तलब बिदा लगायतको सुबिधामा भेदभब छ .प्रवासी मजदुरलाई शोषण गर्ने मजदुर कानुन र इपिएस कानुनमा पूर्णरुपमा तत्काल सुधार हुनु पर्नेछ .यसकोलागी हामी सबै देशको प्रवासी मजदुरले एमटियु मार्फत आवाज उठाउनु पर्छ भन्नु भयो .

कार्यक्रममा उपस्थित सबैलाई मजदुर कानुन मजदुर ३ अधिकार इपिएसको नियम ,औधोगिक दुर्घटना कम्पनीको समस्या समाधानको बारेमा एमटियु केन्द्रीय अध्यक्ष उदय राईले शिक्षा दिनु भएको थियो .

कार्यक्रममा नेपाल बंगलादेशको सदस्य लगायत प्रवासी मजदुरको सहभागी भएको थियो .