आदरनीये पीर्येबुढी
सादर ‘स्यालूट’ छ,
मलाई लाग्छ हाम्रो माया-प्रीति
अझै ‘भ्यालिड’ छ।
धेरै वर्षपछि
‘(seoul  tongdeamun city) ’बाट यौटा
चिठी लेख्दैछु,
तिमी विना भुङ्रो जस्तो
रन्किएको मेरो मन
हरिया डलरले अझै सेक्दैछु।
के भनौ तिम्लाई बुढी,
स्याप्पै सुक्यो
नेपालको त्यो मेरो भुँडी।
तालु खुइलिएर
आलु जस्तो भैसक्यो
‘wps’ को आशै आशमा
आधा उमेर यही गैसक्यो।
‘wps’ पाएपछि
लौरो किनी ल्याउछु
राम्रो डाक्टर खोजिकन
आँखा जचाउछु
एक हातमा लौरो टेकी
अर्को हातमा झोली बोकी
एयरपोर्टमा तिमीलाई भेटौंला
भेटेपछि आपसमा-
माया-प्रीति गासौंला।
साथीभाईले भन्थे बुढी
‘korea’ मा सबै काम
robot ले गर्छ
जुनसुकै काम पनि
आजको भोली हुन्छ
यो सबै बकम्फुसे कुरामात्र रैछ ।
के एत्रा! हुन्थ्यो,भुत्रा! हुन्थ्यो
हुने भए त्यो ‘wps’ भन्ने
प्लास्टिकको पाप्रो छाप्न
किन 15/20 वर्षलाग्थ्यो!
एउटा कुरा बुझ मेरी
परान पीयारी,
केही वर्षपर्ख अझै
दायाँ-बायाँ गडबड नगरी ।