वि क्षेत्री, कोरिया ।
नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा आगमि नोभेम्वर २३ तारिक आइतावारका दिन गायक तथा संगितकार दिप श्रेष्ठको एकल कार्यक्रम ऐक्यवद्धता साझ आयोजना हुने भएको छ ।
श्रेष्ठको उक्त ऐक्यवद्धता साझ सोलको आन्याङ प्रवासी श्रमिक गृहको पुरानो भवन अगाडि पर्ने जुनआङ सोङदान चर्चको हलमा आयोजना गरिने छ ।
आधुनिक नेपाली गीतका चर्चित गायक दिप श्रेष्ठले उनका चर्चित गीतहरु वितेका कुराले, हु यात्री एउटा, कति कमजोर रहेछ भाग्य, भन्थिन मेरी उनी, म त पहिरो भित्र छु लगायतका थुप्रै चर्चित गीतहरु उक्त साझमा प्रस्तुत गर्ने छन ।
नेपाली आधुनिक गीतका  नया तथा पुराना पुस्ताका कोरियामा रहेका थुप्रै नेपालीहरुको अनुरोधमा कार्यक्रमको आयोजना गरिन लागिएको हो । दक्षिण कोरियामा पहिलो पटक आयोजना गर्न लागिएको उक्त एकल साझले कोरियामा रहेका थुप्रै नेपाली समुदायका संघ-संस्थाहरु वीच ऐक्यवद्धता कायम गर्न लागिएको नेपाली जन सम्पर्क समितिका अध्यक्ष नरेन्द्र गुरुङले जानकारी दिनु भयो ।
उक्त कार्यक्रमलाई सफल बनाउन कोरियामा रहेका सवै नेपाली समुदायसँग जन सम्पर्क समिति कोरियाले अनुरोध गरेको छ ।