http://kr.blog.yahoo.com/namelho


मदन कृष्ण श्रेष्ठ हरिवंश आचार्य डां शम्भु उपाधयाय
  
  महजोडीले नामजस्तै सांच्चै नै गुलियो काम गरे। वर्षैदेखि हास्यब्यङ्ग्य देखाउंदै आएको यो जोडीले लोकतान्त्रिक आन्दोलनमा गरेको एउटा कामले सयौं घाइतेले उपचार पाए भने लोकतान्त्रिक आन्दोलनले उचाइ लियो। गुलियोसंगै गुनिलो पनि बन्न पुग्यो यो काम।

  जनआन्दोलनका क्रममा घाइते भएका जनताको उपचारका लागि एउटा कोष निर्माण गर्न महजोडीले आहृवान गरिदिंदा १ हजार ४ सय संस्था र व्यक्तिको सहयोगमा २ करोड ४० लाख रुपियां संकलन भयो र हजारौंको घाउमा मल्हम लाग्यो।

  हजारभन्दा बढी घाइतेको उपचार गराउने कोषका परिकल्पनाकार महजोडीको नै यतिबेला मन कता-कता दुःखेको छ। हास्यब्यङ्ग्यबाट मनोरञ्जन र चेतना एकसाथ दिने महजोडीको चित्त दुखाइको कारण बनेको छ- कोषका बारेमा गलत प्रचार।

सञ्चारमाध्यमका कारण नै एक आहृवानमा करोडौं रुपियां संकलन भएकोमा गर्व गर्ने र सञ्चारमाध्यमप्रति कृतज्ञ हुने महजोडीलाई गलत प्रचारले बिरामीको उपचारमा अप्ठेरो पर्ने पो हो कि भन्ने चिन्ता छ। जनआन्दोलनका क्रममा थुप्रै घाइतेलाई दुइ वर्षम्म फलोअप गर्नुपर्ने हुन्छ र त्यसका निम्ति अझै थप सहयोग उठाउनुपर्ने पनि हुन सक्छ।

लोकतान्त्रिक आन्दोलन र घाइतेहरूको उपचारका सम्बन्धमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र मोडेल अस्पतालका डा. शम्भु उपाध्यायसंग नेपाल समाचारपत्रका किशोर सापकोटा र निमेष रेग्मीले गरेको कुराकानी प्रस्तुत छः-

   लोकतान्त्रिक व्यवस्थाका लागि यहांहरूले सक्रिय भूमिका खेल्नुभयो, अहिले लोकतन्त्र पनि स्थापना भएको छ, यो अवस्थालाई कसरी लिनुहुन्छ ?

  हरिवंश : लोकतन्त्र भनेको नेपालको मात्रै माग होइन, संसारकै माग हो। नेपाली जनताको अदम्य साहसले नेपालमा लोकतन्त्र स्थापना भयो, अब देशको राजनीति शान्तिको बाटोमा लाग्ला कि भन्ने हामीले आशा गरेका छौं। माओवादी व्रि्रोह र भ्रष्टाचारका कारण देश अत्यन्त जर्जर अवस्थामा पुगेको थियो। धेरै वर्षनेपालीले आंसु बगाए, रोए, चिच्याए, दुःख सधैं भइरहन्छ भन्ने पनि  छैन। सुख पाउनेहरूले सधैं सुखैसुख पाउंछन् भन्ने पनि छैन। त्यो कारणले दुःख भोगियो धेरै वर्ष अब देशले राम्रो गति समात्ला भनेर हामी आशावादी भएका छौं। अब पनि शान्ति कायम भएन भने नेपालीको ठूलो बेइज्जत हुन्छ।

  यो आन्दोलनले नेपालीको शिर माथि पनि उठेको छ, किनभने नेपाली जाति भनेको खालि अर्काका लागि लड्ने भन्ने र आफ्ना लागि केही पनि नगर्ने भन्ने आरोप लागिरहेको थियो, यसपालि जनता आफ्नै लागि लडे। मानवअधिकार, प्रजातन्त्र र लोकतन्त्रका लागि कतिसम्म हामी संवेदनशील रहेछौं भन्ने यसले देखाएको छ। हामी पनि २०४६ सालअघिदेखि नै यसका लागि आफूले सकेको काम गर्ने मानिस हौं, त्यतिखेर पाएका अधिकार विस्तारै खोसिंदै र बुझाउंदै जाने काम भयो, पछिल्लो समय २०४६ भन्दा अघि बढेर जानुपर्छ भन्नेमा हामी सहमत भयौं र त्यसतर्फलाग्यांै।

   मदनकृष्ण : अहिलेको समय राजनीतिलाई व्यवस्थित गर्ने समय हो। जबसम्म राजनीतिक स्थिरता हुंदैन, तबसम्म देशमा कहिल्यै  शान्ति सुव्यवस्था कायम हुंदैन। यो संसारले भोगेको कुरा हो, कतिले धेरै अगाडि भोगे, हामी अहिले भोग्दै छौं। अहिले लोकतन्त्रलाई नै जोगाउन सबै सजग हुनुपर्छ। अरू व्यवस्था सुधार हुन गाह्रो हुन्छ, लोकतन्त्र भनेको व्यवस्था नै सुधार हुंदै जाने गतिशील व्यवस्था हो, त्यस कारण यसलाई गति दिन व्यवस्थित गर्ने समय छ, त्यसमा सबै जना र्सतर्क भएर लाग्नर्ुपर्छ। राजनीतिज्ञहरूले जनताको तागत भनेको के हो, स्पष्ट भोगी, देखिसकेका छन्, फेरि अब पहिलेजस्तो कर्ुर्सर्ीी लागि तानातान गरेर बस्ने अवस्था छैन, त्यो उनीहरूले बुझेजस्तो लाग्छ, अब उनीहरूले जनतालाई सम्भिmए त्यसो नगर्लान् भन्ने लाग्छ।



पुनर्स्थापित संसद्ले गरेका कामकारबाही कस्तो लाग्यो ?



मदनकृष्ण : संसद्बाट भइरहेका कुराहरू ठीक छन्, परमाधिपति हटाउने, सेनालाई संसद्को अर्न्तर्गत राख्नेलगायत गरेका काम ठीक छन्। संसद्ले संयम भएर काम गर्नुपर्छ, कामको गतिचाहिं केही ढिला भएको छ, ढिला भयो भनी कराइरहनु पनि पर्छ।



के-के प्रक्रिया ढिलाइ भएजस्तो लाग्छ ?



मदनकृष्ण : सबैभन्दा पहिलो अन्तरिम विधान बनाउने कुरामा ढिलाइ गर्नु हुंदैन थियो।

हरिवंश : मेरो विचारमा वार्ता गर्न यति ढिला गर्नु हुंदैन थियो। राति त्यहीं सुतेरै भए पनि वार्ता चांडै हुनुपर्थ्यो, वार्ताको ढिलाइले मानिसको मनमा शंका-उपशंका उब्जन सक्छ। रात गए अग्राख पलाउंछ’ भन्छन्, लोकतन्त्र नचाहने मानिसले टाउको उठाउन थाल्छन्। जस्तोः आपराधिक गतिविधिहरू बढ्दै छन्।

अर्का कुरा लोकतन्त्रमा अनुशासन अति नै जरुरी छ, जनता जति अनुशासित भयो, परिवर्तन पनि त्यति नै चांडो हुन्छ। लोकतन्त्र भनेको जे गर्न पनि छुट भन्ने सोच्नु हुंदैन, सबै क्षेत्र त्यस्तो अनुशासनमा बांधिनुपर्छ।



मदनकृष्ण : अस्ति विदेशमा रहंदा लुटपाटका बारेमा सुन्यौं, यस्तो बेला केही यस्ता मानिस हुन्छन्, तर त्यसलाई कन्ट्रोल गर्न पनि सकिन्छ, अहिले नै केही कन्ट्रोल भएको छ।



आन्दोलनप्रति नै उभार ल्याउने गरी घाइतेका लागि सहयोग गर्ने अभियानको सोच कसरी आयो ?



मदनकृष्ण : पहिला-पहिला पनि हामीले आर्ट फिल्डबाट जब पैसा आउन थाल्यो, त्यसबाट १० प्रतिशत उठाएर खुत्रुके खोलौं भनेर शुरू गरेका थियौं, अब अहिले हामी मोडेल अस्पतालको फाउन्डर छौं, त्यो क्याम्पसनजिक भएकाले हुलदंगा हुनेबित्तिकै घाइतेहरू मोडेल अस्पतालमा आउने क्रम भइरहन्थ्यो। यो पटक थुप्रै बिरामी आउन थालेपछि अस्पतालको पैसाले उपचार नभ्याउने भयो, के गर्नेभन्दा कोष खडा गरौं भनेर हामी दुइ जनाले १ लाख राख्नेबित्तिकै अरूले पनि थप्नुभयो। ३ लाख राखेर हामीले मोडेल अस्पतालका लागि मात्र भनेर पब्लिकलाई आहृवान गरेका थियौं तर मानिसहरूले यति उत्साह देखाए कि मोडेल मात्र नभएर अरू अस्पतालमा पनि हेर्नुपर्छ भन्ने अवस्था सिर्जना भयो।



अपेक्षाभन्दा बढी रकम जनआन्दोलन स्वास्थ्य उपचार कोषमा जम्मा भएको ठान्नुहुन्छ ?



मदनकृष्ण : शुरूमा हामीलाई यति धेरै जम्मा होला भन्ने लागेकै थिएन।



रकमको व्यवस्थापन कसरी हुंदै छ ?



मदनकृष्ण : शुरूमै हामीले समिति गठन गर्‍यांै पब्लिकको पैसा पब्लिबको चासो हुन्छ भनेर। दुरुपयोग नहोस् भनेर त्यसो गरियो, दुरुपयोग हुने त गुञ्जायस नै छैन, यो काम गरेर राज्यबाट केही लिने हाम्रो कुनै सोचाइ छैन। राज्यबाट लिन नपरोस् दिन मात्र सकियोस् हामीले। समितिले गरेको निर्ण्र्ाानुसार अस्ति शहीदहरूका लागि १/१ लाख दियौं। घाइतेहरूलाई पनि अवस्था हेरेर केही दियौं तर घाइतेहरूलाई रकम दिने यो कोषको शुरूको काम थिएन। यसको काम भनेको घाइतेको उपचार मात्रै हो। पछि फन्ड दिन थालेपछि यसको माग पनि निकै बढेको छ।



हरिवंश : महाभारत १८ दिन भयो, यो आन्दोलन १९ दिन। यो डरलाग्दो भयावह पिरियड थियो। एम्बुलेन्सलाई पनि पास दिइएको थिएन। पास पाए पनि पेट्रोल थिएन, अस्पताल क्यान्टिनमा खाद्यान्न थिएन, अस्पतालभरि घाइते छन्, आफन्तजन छन्, यस्तो बेला कसरी पूरा गर्ने - कर्फयु पास नै नभएको एम्बुलेन्स लिएर व्यापारीको ढोका ढकढक्याएर चामल ल्याएर पनि व्यवस्थापन गर्‍यौं। ग्यास त्यसरी नै खोज्यौं। आफन्तजनलाई बिस्कुट, चाउचाउ पुर्‍याउने काम गर्‍यौं। यस्तो अत्यन्तै कठिन काम गर्दा पनि यदाकदा मानिसहरूले कस्तो खाना ख्वाएको, दांतमा ढुंगा लाग्यो भन्ने कम्प्लेन पनि गरे तर हाम्रो पीडा अर्कै थियो।



यो बेला दिदीबहिनीको टेवा भन्ने संस्थाले असाध्यै सहयोग गर्‍यो। हामीले केही फन्ड दिएपछि उहांहरूले अस्पताल गएर बिरामीको आफन्तलाई खानाको व्यवस्था गर्नुभयो। बिरामीलाई डिस्चार्ज गरेर घर पठाउंदा पनि कसैलाई ५ हजार, कसैलाई ७ हजार टेवाका दिदीबहिनीमार्फ प्रचार नगरी उपलब्ध गरायौं, अहिले सम्भदा लाग्छ, त्यो दिन त असाध्यै गाह्रो थियो। घरका दुइ छोराछोरी पाल्न त कति गाह्रो हुन्छ, चोकभरिका घाइतेका आफन्तजनलाई पाल्न कति गाह्रो भयो होला - कोही जति गरे पनि पुगेन भन्ने रहेछन्, त्यसो गर्दा अति नै पीडा हुन्छ। वीर अस्पतालमा रहेका घाइते मुकेश कायस्थको पनि उपचार नै गरिदिएन, चन्दा उठाएर पैसा गाउंबाट ल्याउनुपर्‍यो’ भन्ने समाचार आयो, त्यसले मलाई यति पीडा भयो कि रातभर न्रि्रा लागेन।



भोलि मानिससंग कसरी फेस गर्ने - जबकि उहांको उपचारमा हाम्रो कोषबाहेक अन्यत्रबाट एक पैसा पनि सहयोग आएको छैन। वीर अस्पतालमा क्रिस्टिना डिस्पेन्सरी भन्ने संस्था छ, त्यस संस्थालाई कोषले पैसा राखिदिएर त्यसले पूरा हेल्प गरेको छ, यतिसम्म कि अस्पतालको औषधि पसल बन्द भएको बेला बाहिरको औषधि पसलमा चौबीसै घन्टा जे औषधि लिन आए पनि दिनू भन्ने र्सकुलेसन छ। गुरुकुलले कोषमा ५५ हजार दिनुभएको भए पनि कोषमा इन्ट्री नै नगरी ३० हजार उहांको आफन्तलाई परिवारको बसाइका लागि दियौं। यति गर्दागर्दै केही भएन भनियो, मिडियाले नै कोषलाई इज्जत दिएको हो। मिडियाले यत्रो पैसा उठाएको हो, त्यसैले जानेर/बुझेर समाचार र्सार्वजनिक गरिदिए हुन्थ्यो। पत्रकार साथीहरूले पनि पैसा पठाउनुभएको छ। कोही-कोही बिरामी -सबै होइन, गलत अर्थ नलागोस्) भने जति गरे पनि नहुने खालका हुंदा रै’छन्, यही कुरामा मात्रै धेरै प्रचारमा आउन चाहे।



घाइतेहरूले पाउनुपर्ने जति पाए त - तपाईंहरूलाई के लाग्छ ?



घाइतेहरूले पाउनुपर्ने जति पाएका छैनन्, त्यो अपुग छ- उहांहरूले टाउको फुटाउने, लड्ने/भिड्ने जति गर्नुभो त्यसको तुलनामा। तर यो कोषले जति गर्नुपर्ने हो, त्यो गरेको छ। कोषको दायित्वले भ्याएसम्म कोषले सकेसम्मचाहिं गरेको छ। तर पनि केही मानिस छुटेका हुन सक्लान्।



गलत खालका समाचार आउंदा दुइ जोक्करले पैसा उठाएका छन्, के गर्न खोजेको - ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भन्ने खालका इमेलहरू पनि आए, हामीले आफ्नो काम छाडेर लोकतन्त्रका लागि काम गर्दा यस्तो टिप्पणीले खिन्न पार्थ्यो तर त्यो ठूलो काम थियो।

हामीले थालेपछि यस्ता कोष देशभरि नै स्थापना गर्ने लहर आयो। धेरै अस्पतालहरूले आफैंले यस्तो कोषको स्थापना गरेका छन्। कोषमा पैसा राख्नु भनेको लोकतन्त्रलाई भोट दिएसरह हो। त्यो कारण देशका अरू भागमा कोष खुले, उपचारबाटै वञ्चित भएका मानिसहरू कम छन्जस्तो लाग्छ। देशले यस्तो उपचार त भर्खर थालनी गरेको छ।



डा. शम्भु : हामीले तत्कालीन अवस्थामा मोडेललाई मात्रै नगरेर जब र्सार्वजनिक बनाइयो, हामीले त्यतिबेला पूर्वदेखि भैरहवासम्मका अस्पतालमा कन्टयाक्ट गरेर पैसाको अभावमा घाइतेको उपचार नरोकियोस् भनेर भनेकै हो। अहिलेसम्म सबैको जवाफ छ- बाहिर पैसा आवश्यक परेन, एक ठाउंबाट मात्र आयो झापाको गोलीकाण्ड तर त्यहां हामीले पठाएको पैसा पनि सबै खर्च नभएर फिर्ता भएको छ, आजसम्म कहींबाट माग भएको छैन। उपचार हुन नसकेका बिरामीलाई रिफर गरेर काठमाडौं मोडेल अस्पतालमा अझै पनि बिरामी आउने क्रम जारी छ। त्यसले पनि घाइतेलाई पैसाबिना उपचार नभएको भन्ने आरोपलाई झुटो सावित गर्छ।



कति घाइतेको उपचार गर्‍यो त मोडेल अस्पतालले ?



डा. शम्भु : अहिलेसम्म नयां बिरामीको संख्या १ हजार ५० भन्दा बढी पुगिसक्यो। फलोअप जोड्ने हो भने त्यो ४ हजारभन्दा बढी हुन्छ। सबैभन्दा धेरै घाइते आएको र भर्ना भएको अस्पताल पनि मोडेल नै हो। कोषको जग यहींबाट थालिएकाले पनि होला यसो भएको। असोज १८ पछि नै यसले लोकतान्त्रिक आन्दोलनका घाइतेलाई निःशुल्क उपचार गर्दै आएको थियो। त्यसको पृष्ठभूमि र अहिलेको खांचो भनौं जनआन्दोलन अनिश्चित दिशामा जाने स्थिति पैदा भयो, र नै यो कोष शुरू भएको थियो।

  हरिवंश : यो बेला अस्पतालका कर्मचारीले ७२ घण्टासम्म पनि अस्पतालमै बसेर सेवा पुर्‍याएका छन् जुन साह्रै नै महत्त्वपूर्ण् रहृयो। चिकित्सकहरूले पनि यो आन्दोलनमा साह्रै नै ठूलो सहयोग गर्नुभयो।

  उठेको रकमबाट बिरामीलाई मोडेल अस्पतालले लिने रेटमा उपचार खर्च दिनुभएको रहेछ, महंगो अस्पतालमा जाने बिरामीको उसो भए उपचार नहुने भो हैन त ?

हरिवंश : यस्तो छ, महंगो भनिएका ç र बी एन्ड बीमा समेत यस्तै कोष छ। उहांहरूले आन्दोलनका बिरामीलाई अरू बिरामीसरह पैसा लिनु हुंदैन, लिनुभएको पनि छैन, उहांहरूको पनि कमिटमेन्ट छ। मोडेलको रेट सरकारीभन्दा बढी र नर्सिङ होमको भन्दा कम छ, त्यसैले हामीले यति दियौं भने संस्थालाई अप्ठेरो पर्दैन। मर्का नपर्ने भएकाले हाम्रो रेटअनुसार सहयोग दिने हाम्रो भावना हो। उहांहरूले पुरानो रेट आन्दोलनका बिरामीबाट माग्नु हुंदैन मेरो विचारमा।

  मदनकृष्ण : -रोक्दै) माग्नु हुंदैन र माग्नुभएको पनि छैन।

  अस्पतालहरूलाई समस्याचाहिं के परेको छ अहिले ?

   हरिवंश : सबै अस्पतालले आन्दोलनमा घाइते हुनेलाई प्रिm’ उपचार दिन्छन् - त्यसैले अस्पताल बांच्न सक्ने रकम दिनु पनि पर्छ, लिनु पनि पर्छ।

  मदनकृष्ण : मोडेलकै कुरा गर्दा एराउन्ड ७ लाख त मासिक भाडा तिर्नुपर्छ, त्यो आफैंले कमाएर तिर्नुपर्छ, कर्मचारी, चिकित्सकलगायत खर्च कसरी कमाउने - त्यत्रो दुःख हुंदाहुंदै यो काम भ्याएको छ। मोडेल अस्पताललाई एकदमै गाह्रो छ, यसलाई नै आईसीयूमा राख्नुपर्लाजस्तो अवस्था छ, -हांस्दै)।

   सरकारले पनि घाइतेको उपचार गर्न समिति बनायो, तपाईंहरूसंग पनि प्रशस्त रकम छ, अबको उपचारको जिम्मा क-कसले लिने त ?

   हरिवंश : हामीकहां आएका बिरामीलाई हामीले गर्नर्ैपर्छ, आएकालाई फर्काउनु भएन, हेरिरहन्छौं।

  मदनकृष्णः सरकारको तर्फाट आएको फन्ड मिलाएर जिल्ला-जिल्लाबाट उपचारका लागि आएका घाइतेहरूका आफन्तलाई बस्नका लागि समस्या छ, त्यसका लागि केही बन्दोबस्त गरिदिए अस्पताल आ&#