सलनालको अन्तिम दिन प्रहरी तथा अध्यामन विभागको कर्मचारीले अवैधानिक नेपालीहरु माथि गरेको धडपकडको विभिन्न संघ संस्थाहरुले आपत्ती जनाउदै आएको छ । प्रवासी मजदुर युनियन लगायत विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा गत २३ तारिख कोरियाको प्रहरी प्रधान कार्यलय अगाडी विरोध प्रर्दशनका साथै पत्रकार सम्मेलन गरेको छ । विरोध तथा पत्रकार सम्मेलनमा प्रहरीले गरेको अवैध धडपकडको माफी माग्नु पर्ने र सम्बन्धीत प्रहरीलाई कारवाही,प्रहरीले प्रवासी मजदुरलाई पुन जर्बजस्ती धडपकड नगर्ने वाचा गर्नु पर्ने,अमानविय धडपकड बन्द र अवैधानिक प्रवासी मजदुरहरुलाई वैधानिक बनाउने माग गरेको छ ।

गत १५ तारिख दिउसोको १२ बजे तिर क्यङृगिदो प्रहरी र ईन्छन एयरपोर्ट अध्यागमन विभागका कर्मचारी अन्दाजी १५~२० जना सिओल तोङृदेमुन क्षेत्रको एक नेपाली रेष्टुरेन्टमा पसेको थियो । उनीहरुले सो रेष्टुरेन्टबाट भिसा नभएका १० जना अवैध विदेशीहरुलाई पक्राउ गरेको थियो । सो समयमा रेष्टुरेन्टमा रहेका मानिसहरुको भनाई अनुसार अदालतको आदेश अनुसार कार्यन्यवन गरेको बताउदै उपस्थित सबैलाई बोल्न,चल्न र फोन गुर्न र उठाउन समेत नदिएको बताउछ । प्रहरी तथा अध्यागमनका कर्मचारीहरुले संयुक्त रुपमा आएर रेष्टुरेन्टमा उपस्थित सम्पूर्ण विदेशीहरुको दवावमुलक तरिकाले आईडी तथा झोला खोज तलास गरेको थियो ।

रेष्टुरेन्टमा उपस्थित मानिसहरुले उनीहरु निश्चत को हुनकिन छानविन गरि रहेको छ भन्ने सुन्न पाएन । पक्राउ गर्ने क्रममा विधिवत रुपमा नभएको बताउछ । उक्त दिन पक्राउ परेका विदेशीलाई प्रहरीहरुले कुनै सोधपुछ नगरि याङृजु अध्यागमन कार्यलयमा पठाएको थियो । युनियनले अवैध जुवा तथा हिसात्मक गतिविधिको सम्बन्धमा छानविन गरेको बताउने प्रहरी तथा अध्यागमले पक्राउको विषयमा एक आपसमा दोषारोहण गरेता पनि अन्तमा क्यङृगिदो प्रहरीको नेतृत्वमा भएको पत्ता लागेको बताउदै नयां बर्षको विदामा पक्राउमा परेकाहरु हाल हवासङृ विदेशी जेलबाट देश निकाला हुने अवस्थामा रहेको बताएको छ ।

उक्त दिन पत्रकार सम्मेलनमा सहभागी एक प्रवासी मजदुरले कोरिया सरकारले हामीलाई निशुल्क सहयोग र सुरक्षा लिने दरिद्र जस्तै बनाई रहेको छ प्रवासी मजदुरहरुलाई सान्तावना दिई रहेको देखाउनको लागी मल्टी कल्चर समाजमा प्रचार प्रसारको लागी करोडौ खर्च गरि रहेको छ भन्दै कोरिया सरकारको निती आर्थिक विकासको उददेश्य लिएर हाम्रो अधिकारको कुनै चिन्ता भएको छैन भन्नु भयो । वहांले हामीलाई सान्तावना र सहयोग आवश्यक छैनमुखले मात्र भन्ने तुरुन्त बन्द गरेर हामीलाई मान्यता दिएर तुरुन्त धडपकड बन्द गर्ने माग गर्नु भयो ।

युनियनले क्यङृगिदो प्रहरी कार्यलयले जुवा खेल्नेहरु छ भन्ने खबर पाएर छानविन गर्न सक्ने अदालतबाट स्वीकृति पत्र लिएको थियो तर सो रेष्टुरेन्टमा जुवा खेलेको थिएन र जुवा खेल्ने मानिस पनि थिएन । तर स्वीकृति पत्रलाई प्रयोग गरेर रेष्टुरेन्टमा रहेका प्रवासी नेपालीहरुलाई अनुसन्धान मात्र नभई पक्राउ समेत गरेको छ। छानविन गर्न सक्ने अधिकार पत्र भनेको छानविन गर्ने मात्र अधिकार हुन्छ पक्राउ गर्ने अधिकार हुदैन ।

युनियनले १५ तारिख प्रवासी मजदुरको पक्राउमा भएको समस्या एक एक गरि औलाएको थियो । युनियनले सो दिन प्रहरीहरुले आदेशपत्रलाई विस्तृत रुपमा जानकरी नगराएको बताएको छ । आदेशपत्रको बारेमा विस्तृत रुपमा बुझन सक्ने व्यक्ति नभएको र प्रहरीले रेष्टुरेन्ट संचालकलाई समेत विस्तृत रुपमा जानकारी नगराएको बताए । युनियनले जुवा तथा हिसात्मक कार्य नभए पछि प्रहरी फर्कनु पर्नेमा दवावमुलक आईडी तथा झोला अनुसन्धान गरि अवैधानिक मजदुरलाई पक्राउ गरेको थियो भन्दै अदालतको आदेशपत्र अनुसार प्रमाण नभेटटाए पछि अनिवार्य रुपमा फर्किनु पर्ने र अवैधानिक मजदुरलाई पक्राउ गर्ने अर्को आदेशपत्र हुन पर्ने औलाएको थियो ।

यसरी पक्राउ गरिएको १० जना मध्ये एक जना कोरियन नागरिकसंग विवाह गर्ने भएता पनि ३४ घण्टा सम्म प्रहरीले अवैध अधिनमा लिई छोडी दिएको थियो । युनियनले अवैधानिक मजदुरलाई धडपकड गर्नको निम्ति नयां बर्षको चाडमा क्यङृगिदो प्रहरी तथा ईन्छन एयरपोर्ट अध्यागमनका कर्मचारीले राष्ट्रको लागी हानिकारक कार्य गरेको दावी गरेको थियो ।