http://mtu.or.kr            अब इराकमा काम गर्न जान पाइने
                              February 28th, 2006  फेब्रुवरी २८-
   पाइला-पाइलामा खतरा रहेको मानिने इराकमा नेपालीहरुलाई काम गर्न जाने अनुमति दिने तयारी सरकारले गरिरहेको छ। नेपालीहरु भ्रमणको नाममा इराकमा काम गर्न जाने क्रम नरोकिएपछि श्रम तथा यातायात ब्यबस्था मन्त्रालय प्रतिबन्ध फुकुवाको पक्षमा देखिएको हो।
    भ्रमणका नाममा नेपालीहरु इराकमा काम गर्न जानेक्रम नरोकिएका कारण निश्चित र्सतसहित प्रतिबन्ध फुकुवा गर्नुपर्ने स्थिति देखिएको श्रम सचिव दिपेन्द्रविक्रम थापालाई उद्धृत गर्दै स्वतन्त्र समाचार सेवाले जनाएको छ।
     अवैधरुपमा भारत लगायतका मुलुकबाट इराकमा नेपाली काम गर्न जाने क्रम बढेकाले प्रतिबन्ध फुकुवा गर्नुपर्ने स्थिति देखिएको उहाँको भनाई छ।
   प्रतिबन्ध लगाउँदा बढी रकम तिरेर भएपनि नेपालीहरु इराकमा गैरहेका कारण सरकार फुकुवाको पक्षमा देखिएको सचिव थापाले बताउनुभयो।
    इराकमा नेपालीहरुले मासिक एक लाख रुपैयाँसम्म पाउने गरेका छन्।
   इराकमा केही वर्षअघि १२ नेपालीको सामूहिक हत्या भएपछि त्यता जानेको संख्यामा केही कमी आएको थियो । तर अहिले इराकमा काम गर्न जाने नेपालीको संख्या दैनिक रुपमा छ।
  सरकारले इराक-अमेरिका युद्ध शुरु भएपछि त्यहाँ औपचारिक रुपमा काम गर्न जान प्रतिबन्ध लगाएको थियो। तर निरन्तररुपमा नेपालीलाई भारतको दिल्लीबाट पठाउने क्रम जारी छ।