http://mtu.or.kr
                           ईराकमा नेपालीहरुको बेदना


   इराकमा नेपालीहरु यतिनै छन् भन्ने कुनै ठोस प्रमाण नभए पनि यहाँ करिव ५ हजार देखि ८ हजार सम्म नेपालीहरु विभिन्न कम्पनीहरुमा काम गर्दै आईरहेका छन् । यहाँ एउटा कोठामा १२ जना कामदारहरु सम्म बस्दछन् । यहाँको खाना साह्रै नराम्रो हुने गर्दछ । नेपालबाट धेरै धन कमाउने लोभले दोश्रो मुलुक भारतको बाटो प्रयोग गरी धेरै नेपालीहरु आईरहेका छन् । जम्मा २४० डलरमा १२ घण्टा काम गर्न दुइ लाख देखि ५ लाख सम्म नेपाली रुपैया दलालीहरुलाई दिई आएका नेपालीहरु कतिवेला नेपाल र्फकने हुन् थाहा छैन । यदि इरान वार सुरु भयो भने यहाँ भएका नेपलीहरु सबै नेपाल र्फकन बाध्य हुनेछन् । त्यसैले यहाँ आउनु भन्दा पहिला धेरै बिचार गरेर मात्र आउँदा राम्रो हुन्छ । यहाँ विभिन्न किसिमका कामहरु गर्नुपर्ने बाध्यता हुन्छ । फोहोर उठाउने देखि लिएर कोन्स्त्रुक्सनको काम सम्म गर्नु पर्ने हुन्छ । कतिपय नेपालीहरु त नेपालमा पैसा तिरेको पैसा उठाउनको लागि बाध्य भएर बसिरहेका छन् । पहिले धेरै पैसाको एग्रिमेन्ट गराउने अनि यहाँ आएपछि कि त हाम्रो एग्रिमेन्ट अनुसार काम गर नत्र नेपाल फर्कि भन्ने गर्दछन् यहाँका मालिकहरुले यस्तो अवस्थामा नेपालीहरु रोएर बस्नु बाहेक अर्को कुनै बिकल्प छैन ।