बिगत लामो समयदेखि अन्तर्राष्ट्रिय प्रवासी मजदुरहरुको लागि संघर्षरत संस्था एम टी युका अध्यक्ष श्री तोर्ण लिम्बू तथा उपाध्यक्ष सबुर लाई  आज जबरजस्ती नेपाल पठाउन लागेको समाचार प्राप्त भएको छ ।
आफ्नो स्वास्थ्यको सही उपचारका लागि आजदेखि भोक हड्ताल शुरु गर्नुभएका श्री लिम्बू र दुई दिन अगाडी बाट भोक हड़ताल थालेका सबुर लाई  छङजु स्थित बन्दी गृहमा एम टी यु कै केही अधिकारीहरु भेट्न जांदा त्यहां नभएको खुलासा भएको त्यसैगरि कोरिया स्थित नेपाली राजदूतावास मा  बुझ्दा अध्यागमनका कर्मचारीहरु धेरै बेर कुरेर ट्राभल डकुमेन्ट बनाएर लगेको र एउटै फ्लाइटबाट नेपाल जान लागेका एक जना नेपालीले फोन गरेर जानकारी गरयेपछि  वहांलाई नेपाल फर्काउनका निमित्त एयरपोर्टमा ल्याइएको भन्ने कुराको पुष्‍टि हुन आएको छ । पछिल्लो पटक एम टी यू बाट पाइएको जानकारी अनुसार आज साझ  ८ बजेको फ्लाईट पठाउने कुरा कोरियन संध संगठन र बिध्यार्थी हरुले इमिरिगेशन मा घेराऊ गरी खोजी निधि गर्दा उक्त कुराको जानकारी गरयेका थिए /
लिम्बुको बचाउका निमित्त कोरियाको राष्ट्रिय मानव अधिकार आयोगले  समेत पठाउन नपाईने भनी आज उर्दी जारी गरेको भए पनि मानव अधिकार को धज्जी उडाउन्दै  आज कोरियाको अध्यागमन बिभागले यस्तो कार्य गरेको कुरा थाहा हुन आएको छ ।