उत्तम गुरुंग कोरिया

कोरियामा रहेका नेपाली सस्थाहरू मध्ये दोस्रो पुरानो तथा १३ बर्ष को
इतिहास बोकेको बौद्ध धर्म प्रति आस्था वान नेपाली हरुको आस्थाका केन्द्र
बिन्दु नेपाल बौद्ध परिवार गणतंत्र कोरिया को साधारण भेला परिवारको आफ्नै
कार्यालय छाबिय चिबमा ३१ अगस्त का दिन नरेन्द्र गुरुंग ज्यू को सभापति
तथा नेपालीहरुको आमा लि कुम हयोन को आतिथ्य मा भएका थिए /
नेपाल बौद्ध परिवार का उपाध्यक्ष हर्क लिम्बू ज्युको स्वागत मंतब्य मा
संस्था मा रहेर काम गर्दा राम्रा नाराम्रा कुराहरु र सथिहरुलाई नजिक बाट
नियाल्ने अनुभूति सगाल्न पाइयो हामी साथी भनेर भेट्न जान्दा फोन बाट नै
कुरा गरेर भेट पनी नदीने साथिहरु किनकी उनीहरुलाई हामी जान्दा चन्दा
टिकेट सहयोग माग्न आउने भयले पनी भेट्न नमानेको र सारो गाहों पर्दा तिनै
साथिहरु लाजै नमानी सताएको अनुभव सुनाउनु भयो सुभकामना मंतब्य कै क्रममा
स्यांग्जा परिवारका अध्यक्ष गुप्त गुरुंग, परिवारका भू पु उपाध्यक्ष बिजय
गुरुंग, पत्रकार महासंध कोरिया साखा का कार्य बाहक अध्यक्ष रघु त्रिपाठी,
तमु धी का अध्यक्ष राम काजी गुरुंग, परिवारका सस्थापक सचिव भीम
गुरुंग,आदिवासी जनजाति महासंध कोरियाका अध्यक्ष चुंग कुमार गुरुंग र
बिशेस अतिथि लि कुम हयोन ज्युले नेपाल बौद्ध परिवार को गतिबिधि बारे
प्रकास पार्नु भएको थियो /  कोषाध्यक्ष पूर्ण लिम्बू बाट कोष प्रस्तुत
गर्नु भएको थियो भने कार्यक्रम सहसचिव उत्तम गुरुंग जी सञ्चालन गर्नु
भएको थियो / ८ बर्ष लामो अध्यक्ष सम्हालेका नरेन्द्र गुरुंग ज्युले आफ्नो
कर्यकालमा सहयोग गर्नु हुने संपूर्ण सथिहरुमा धन्यवाद दिनु हुन्दै जून
पबित्र उदेश्य ले हामी यो सस्थामा लागेका थियो बुद्ध जन्म अस्थान
लुम्बिनी नेपाल त्यस लाई अझ सशक्त रुपमा निरन्तरता दिँदै बहुजन हिताय
बहुजन सुखाय नै हाम्रो यात्रा हो यस् कार्यलाई हरुले निरन्तरता दिनुनै
हुनेछ / परिवारको सक्रियतामा नेपाल मा सञ्चालन भई रहेको बौद्ध सेवा
केन्द्र (बिहानी बस्ती) बारे पनी जानकारी तथा प्रश्न को जवाफ दिनु हुन्दै
पाचों कार्यसमिति भंग गर्नु भएको थियो /
दोस्रो चरण मा भीम गुरुंग,चुंग कुमार गुरुंग,रामकाजी गुरुंग र नरेन्द्र
गुरुंग रहेको तदर्थ समितिले नया कार्य समितिको लागी आव्हान गर्दा अध्यक्ष
मा तिन जना बिजय गुरुंग ,गुप्त गुरुंग र नन्द राज गुरुंगको निवेदन पर्न
गएकोमा गुप्त गुरुंग स्यांग्जा परिवारको अध्यक्ष भई रहेको हुंदा
समझदारीको अबलम्बन गर्दै बिजय गुरुंग कास्की  लाई अध्यक्ष नन्दराज गुरुंग
(सोलु)  लाई सचिव उपाध्यक्ष मा आपातकालीन सेवा समिति का भू पु अध्यक्ष
अक्कल लामा (चितवन) सचिव मा लोक बहादुर गुरुंग र देन्दी शेर्पा दुई जनाको
निवेदन परेकोमा अध्यक्षको मिलोमत्तो गराउन निवेदन निकलेका थिए सह-सचिव मा
निर्बिरोध बिरधोज तामांग (काभ्रे) र कोषाध्यक्ष मा बिनोद थकाली,अक्कल
लामा र नारायण काजी श्रेष्ट तीनजना को निवेदन परेकोमा बिनोद थकाली
(मुस्तांग) लाई चयन गरी सभा मा सुना उदा साधारण बिरोध भए पनी सर्वसम्मत
ले पास गरेको थियो सदस्य हरु भने क्षेत्रीय जातीयता को आधारमा आगामी बसने
भेलाले तय गर्ने कुरा जानकारी प्राप्त भएको छ /