कोरियामा २७ औ वि पि स्मृति दिवश सम्पन्न
जननायक विश्वेसर प्रसाद कोइरालाको 26 औ पुण्य तिथिको अवशर पारेर जुलाई १९ तारिक का दिन नेपाली जनसम्पर्क समिति गणतंन्त्र कोरियाले स्मृति दिवश तथा विचार गोष्ठि कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाली जनसम्पर्क समिति गणतंन्त्र कोरियाको २नम्वर क्षेत्र सउल मुन्जंङ्ग दोङ्ग स्थित नेपाली जनसम्पर्क समितिका केन्द्रिय सभापति नरेन्द्र गुरुङ्गको सभापतित्वमा सम्पन्न भएको थियो । ज्ञात अज्ञात शहितहरु प्रति एक मिनेट मौन धारण गरि जननायक विश्वेसर प्रसाद कोइरालाको तश्विरमा पुश्पआर्पण गर्नुका साथै दिप प्रज्वलन गरी शुरवात गरिएको उक्त कार्यक्रमको प्रमुख अथिति साम्रज्य विक्रम पाडे र अथितिहरुमा भू.पु. उपसभापति बम प्रसाद लावती नेपाल वाट आउनु भएका नेपाली काग्रेसका नेता भरत सापकोटा उपसभापति मिलन शिरिस मगर र २ नम्बर क्षेत्रका क्षेत्रिय सभापति भक्त बहादुर पुनको उपस्थितिमा भएको थियो । साथै अतिथिहरु बाट वि पि स्मृति दिवश वारे प्रकाश पार्नु भएको थियो ।

२ नम्बर क्षेत्रका क्षेत्रिय सचिव नारायण बडुवालले वि पि को अव्हानमा कयौ युवाहरुले ज्यान सत्सर्ग गरे यस्ता महान व्यक्तिको स्मृति दिवस मनाउन कन्जुस्याई गरेकोमा दुख वक्तव्य गर्नुका साथै हामिले कायर नभई अगाडी बढनु पर्छ भन्ने कुरा बताउनु भयो । सो बिचार गोष्ठिमा विभिन्न कुराहरुको जिज्ञासा बारे सभापति गुरुंङ्ग र अतिथिहरुले समेत प्रष्ट पार्नु भएको थियो । यसै गरी उक्त कार्यक्रमको साचालन महामंत्री अर्जुन कठायतले गर्नु भएको थियो । अन्तमा रात्रि भोजको सहित उक्त कार्यक्रमको समापन गरीएको थियो ।