देवेन्द्र भट्टराई

यो news कान्‍तिपुर बाट लिएको हो ।

जोखिमपूर्ण काममा संलग्न हुनुपरेकाले कोरियामा कार्यरत नेपाली कामदारको अवस्था सुधारोन्मुख छैन

पाँचथर, माङ्दाबुमका यामबहादुर शेर्मा दुई वर्षअघि दक्षिण कोरयिाको राजधानी सियोल आइपुगेका हुन् । तीन लाख रुपियाँभन्दा बढी खर्चेर यता आएका उनी शुरूमा सियोलबाट पाँच घण्टा टाढाको छलाबुग्तो भन्ने ठाउँमा काममा जान्थे । बस/ट्रकको सामान बनाउने त्यस कम्पनीले नियमित तलब नदिएपछि उनी दुई महिनापछि अर्को कम्पनीमा पुगे । छुङ्छानाम्दु भन्ने ठाउँको मिसुङ् उद्योगमा पुगे, जहाँ उनले बालुवाबाट रसायन पकाउने काम गर्नुपथ्र्यो । त्यहाँ काम गर्न थालेको दुई महिनामै पाँच सय किलोको बालुवाको बोरा टाउकोमा लागेर उनी बेहोश हुँदै लडे । "लोडरले उठाउनुपर्ने बोरा मलाई जबर्जस् ती उठाउन लगाइयो," सियोलमा भेटिएका ३८ वषर्ीय शेर्माले सुनाए ।घटनाको १० मिनेटपछि मात्रै अरू मजदुरले थाहा पाएछन् । त्यसपछि उनलाई छनान थाङ्गुग्ने युनिभर्सिटी हस्पिटलमा त पुर्‍याइयो तर उनको शारीरकि अवस्था सामान्य औषधि उपचारले नछुने भइसकेको थियो । उनी छ महिना त्यही अस्पतालमा रहे । त्यसपछि खुदोकको बुलिछिद्यो हस्पिटलमा अरू चार महिना रहे । "आफू काममा रहेकै बेला दुर्घटनामा परेको भन्ने विवरणसमेत कम्पनीले दिन मानेन," उनले सुनाए, "झण्डै १७ महिना उपचारमा रहे पनि कम्पनीले ११ महिनाको मात्रै बेसिक तलब दियो ।"
शेर्माका चार छोरीसहितको परविार अहिले गाउँमै छ । काममा आउँदा लिएको झण्डै दुई लाख रुपियाँ ऋण ज्यूकात्यूँ छ । "कम्पनीले नियमानुसारको भिसा थप्ने प्रक्रिया अघि नबढाएर गत जनवरी २५ मा देश फिर्ता गर्ने निर्णय सुनाएछ," शेर्माको मुद्दा हेर्दै आएका कोरयिास्  िथत नेपाली सम्पर्क समितिका अध्यक्ष बम लावती भन्छन्, "त्यसपछि यो केसलाई मैले एमनेष्टी इन्टरनेशल, लण्डनमा पनि उठाएँ ।"

अहिले पनि शेर्माका दाहिने खुट्टामा उपचारका क्रममा गडेका १२ वटा काँटी र तारको खत छँदैछ । उनी दहि्रलो बनेर हिँड्न सक्दैनन् । केही नेपाली साथीभाइको आडमा साथै बसेर एक दिन तन्दुरुस् त बन्ने सपना हुर्काइरहेका छन् उनी । "पाँचथरको चौथीबजारमा एउटा फोटो स्टुडियो चलाउँथेँ," गाउँघरको सम्झनामा हुरुक्क बन्दै शेर्मा भन्दै थिए, "त्यसअघि कतार गएर कमाइ गर्न खाजेको थिएँ, त्यो पनि भएन । यता आएपछि त झन् दशा लाग्यो । अब भने यस्तो गर्छु भन्ने सपना पनि टुङ्गिएका छन् ।"

‘९० को दशकपछि शुरू भएको कामदारको कोरयिा-गन्तव्य भनेजस्तो सजिलो छैन भनेर उदाहरण दिनेमा शेर्मासहितको भीड लागेको थियो । "मसँगै काम गर्ने खोटाङको मदन खड्  का पनि दुई महिनादेखि खुट्टा डढेर उपचारमा बसेका छन्," शेर्माले सुनाए । सम्पर्क समितिले दिएको जानकारीमा मोरङका ईश्वरचन्द्र राई आफ्ना दुवै आँखा गुमेर बसिरहेका छन् भने बाग्लुङका होम छन्त्यालको हात काटिएको छ । स्याङ्जाकी खगेन्द्रकुमारी सिंहको पनि देब्रे हातका औँला काटिएका छन् भने चितवनका माधवप्रसाद बास्तोलाका देव्रे हातका औँला नचल्ने भएका छन् । "कम्तीमा पनि सात सय नेपाली अपाङ्ग भएका छन् भने एक दशकको अवधिमा ८० जति नेपालीको मृत्यु भइसकेको छ," सम्पर्क समितिका लावती भन्छन् । यी सबै लुम्बिनी र मुनड्रप्स कम्पनीबाट कामको खोजीमा यता आएका हुन् ।



"बिचल्लीमा पर्ने र असहाय स्थितिमा रहनेमध्ये धेरैजसो चर्चमा बस्छन्," काठमाडौँ, कोटेश्वरबाट कामका लागि कोरयिा पुगेका गणेश लिम्बू भन्छन्, "कोरयिास्थित तीन सयभन्दा बढी प्रवासी संस्थाले पनि धर्मशालाझैँ आश्रय सेवा पुर्‍याएका छन् ।  " मोरङका ईश्वरचन्द्र राई पनि अहिले खुम्जुङस् िथत एनसीजीएफ चर्चमा बस्छन् । यता आएको पाँच महिनामै कम्पनीमा काम गर्दा आँखा गुमेका उनी केही महिना स्थानीय खोरेथे युनिभर्सिटी अस् पतालमा उपचारमा रहे तर निको भएन ।
दक्षिण कोरयिामा अहिले आठ हजारभन्दा बढी नेपाली रहेको अनुमानित तथ्याङ्क छ । त्यसमा आठ सय विद्यार्थी, दुई सय व्यापारी, सात सय महिला -कामदारसहित) र बाँकी पुरुष कामदार रहेको तथ्याङ्क सम्पर्क समितिसँग छ । "तर, हामीसँग कुनै सम्पर्क केन्द्र छैन, नेपाली सम्पर्क व्यक्ति छैन," नेपाल बौद्ध परविारका अध्यक्ष नरेन्द्र गुरुङ भन्छन्, "कुनै राजदूतावास वा सम्पर्क केन्द्र नभएकाले हामीलाई यताका कम्पनी र मालिकबाट बढी हेप्ने गरएिको हो ।" कोरयिासमेत हेर्ने जापानस् िथत नेपाली दूतावासले पछिल्लो समयमा एउटा पासपोर्ट नवीकरण गर्नसमेत पाँच-छ महिना लगाइदिने गरेकाले नचाहेरै पनि गैर-कानूनी ढङ्गमा बस्नेको सङ्ख्या बढ्दै गएको पीडितहरूले सुनाए ।

"हाम्रो पक्षमा बोलिदिने कोही छैन भनेर सकेसम्म मुश्किलको काम हामीलाई दिइने गरन्िछ," प्यूठानका ईश्वर केसी भन्छन्, "शुरूका दिनमा नेपाली भन्नासाथ जे-जस्तो व्यवहार हुन्थ्यो, त्यस्तो अहिले छैन  ।" त्यसमाथि पछिल्ला वर्षमा कामदार ल्याउने होडमा मुनड्रप्स कम्पनी र सरकारबीच शुरू भएको प्रतिस्पर्धाका कारण कतिपय आधिकारकि मुद्दासमेत ओझेलमा पर्दै गएको केसी सुनाउँछन् ।

"बरु छ-सात सयको वाषिर्क कामदार कोटा अरू देशमै गए हुन्थ्यो जस्तो भएको छ," स् थानीय रेष्टुराँ सञ्चालक एवम् गैरआवासीय नेपाली संस् थाका केन्द्रीय प्रतिनिधि रुद्र शर्मा भन्छन्, "अहिले त कामको खोजीमा निस्केका सही गरीबका छोराछोरीभन्दा पनि पैसा हुने र पहुँच पुर्‍याउन सक्ने धनीमानीका छोराहरू मात्रै एजेन्टबाट यता आइरहेका छन् ।" त्यसमाथि सन् २००७ देखि नेपालसहित १७ देशमा लागू भइरहेको कामदार प्रशिक्षण प्रणाली खारेज भएपछि नेपाली कामदारका लागि अझ कठिन दिन शुरू हुने शर्मा सुनाउँछन् ।

आगामी वर्षदेखि कामदार अनुमति प्रणालीअन्तर्गत कोरयिामा रोजगारीको अवसर विकसित हुने भएको छ, जुन प्रणालीमा अहिलेसम्म श्रीलङ्का, फिलिपिन्स, थाइल्याण्ड, चीन, मङ्  गोलियासहितका आठ देश मात्रै सूचीकृत छन् । कोरयिा साना तथा मझौला उद्योग सङ्घले निजी क्षेत्रबाट प्रशिक्षार्थी कामदार ल्याउने प्रचलनलाई हटाएर कोरयिाली सरकारले नयाँ प्रणालीमा विस् थापित गर्न लागेको हो । "दुईदेशीय रोजगार सम्झौता गर्नेबारेको सामान्य चासो नेपाली पक्षबाट नआइन्जेलसम्म केही गर्न सकिने अवस् था छैन," नरेन्द्र गुरुङ भन्छन् । कोरयिामा ९७ राष्ट्रका चार लाख ३० हजारभन्दा बढी कामदार छन्, जसमा आधाभन्दा बढी गैरकानूनी बसोवास गररिहेका छन् ।

कोरयिाको सियोल आसपासमा मात्रै अहिले आठवटा नेपाली रेष्टुराँ छन् । ओइजम्बुस्थित सहारा रेष्टुराँका सञ्चालक म्याग्दीका विनोद कुँवर भन्छन्, "हामीले सबै कुक नेपालबाटै ल्याएका छौँ । यहाँ नेपाली र भारतीय खानाका लागि कोरयिनहरूसमेत आइरहेका हुन्छन् ।" सियोलमा अहिले सहारासहित पूजा, नमस्ते, हिमालय, एभरेष्ट, लुम्बिनी, गङ् गा-जमुनाजस्ता नेपाली रेष्टुराँ चल्तीमा छन् ।

"तर, पैसा कमाउनका लागि एसिड, केमिकलका कम्पनीमा जानुपर्छ," ओइजम्बुमा भेटिएकी स्याङ् जाकी सुश्री माया गुरुङले सुनाइन्, "म पनि एसिड कम्पनीमा काम गर्छु, महिनाको ५० हजार रुपियाँ घर पठाउँछु ।" छ वर्षअघि आएकी उनी अब घर फर्केर बिहा गर्ने योजनामा रहिछन्  । उनीसँगै थिइन्, स्याङ्जाकै माया गुरुङ । मायाका श्रीमान् अहिले भारतीय सेनामा रहेछन् । छोराछोरी भने पोखरामा पढ्दै रहेछन् । कोरयिाको राम्रो कुरा के ? हत्तपत्त हातले इशारा गर्दै मायाले सुनाइन्, "डोन अर्थात् पैसा !" अनि नराम्रो कुरा नि त ? "त्यही डोन !" उनले हतारमै भनिन् । पैसा कमाउन जति गाह्रो छ, उति नै मुश्किल छ जोगाउन । फेर िबढी पैसा कमाउनका लागि हुने गरेका कर्तुतहरू पनि भुलेर भुलिनसक्नु छ भन्छिन् माया