http://mtu.or.kr                 यूएईमा नेपाली बिद्यार्थी सम्मानीत

  यूएई, ट्रोई स्टेट युनिभर्सिटी अन्तरगतको शारजयां कलेजले हिजो एक समारोहका बिच आफ्ना उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मानीत गरेको छ । सम्मानीत हुने सात विद्यार्थीहरुमध्ये नेपालका सगुन बैद्य पनि रहेका छन् ।

  शारजयां सांस्कृतिक केन्द्रमा आयोजित दिक्षान्त समारोह कार्यक्रममा कलेजका संरक्षक शेख अब्दुल्ला तथा अध्यक्ष प्रा. डा. ई. एम. एस. ईड्‌रीसिंहेले पुरस्कार वितरक गरेका थिए । उक्त अवसरमा ट्रोई स्टेट युनिभर्सिटीका उपकुलपति डा. ईद दि रोचको पनि उपस्थीति थियो । सो अवसरमा ५७ जना विद्यार्थीलाई स्नातक उपाधी प्रदान गरीएको थियो ।

गत तिन सेमेष्टर लगातार डिनस् लिष्टमा परेका उत्कृष्ट सात बिद्यार्थीहरुमा नेपालका सगुन बैद्य लगायत भारतका दुई, पाकिस्तानका दुई, क्यानाडा तथा यूएईका एक एक विद्यार्थी थिए ।

   नेपाली विद्यार्थी सगुन बैद्य हाल ट्रोई स्टेट युनिभर्सिटी अन्तरगतको यूएई स्थीत शारजयां कलेजमा व्यवस्थापन स्नातक तहको पाँचौ सेमेष्टरमा अध्ययनरत छन् । उक्त कलेजमा अध्ययनरत उनी एकमात्र नेपाली विद्यार्थी हुन् ।