प्रवासी मजदूर युनियनका पदाधिकारीहरुलाई गोप्यरुपमा स्वदेश फिर्ता
    [2007-12-13 오후 1:20:00]




गत २७ तारिखको दिन सुनियोजित र योजनाबद्ध ढंगबाट कोरिया अध्यागमन विभागका कर्मचारीले पक्राउ गरीएका प्रवासी मजदुर युनियनका अध्यक्ष काजीमान खापुङृ र उपाध्यक्ष राजु गुरुङृलाई बिहिबार बिहानको कोरियन एयरबाट गोप्यरुपमा नेपाल फर्काएको युनियनका एक सदस्यले हाम्रा सम्वाददातालाई बताएको छ ।

युनियनका सदस्यले " अध्यक्ष र उपाध्यक्षले आफुहरु नेपाल जान अस्विकार गरेर अध्यागमनको कागजातमा हस्ताक्षर गरेको थिएन तर नेपालीदूतावासले सम्बन्धीत व्यक्तिहरु नेपाल फिर्ता गर्न सक्छ भन्ने स्वीकृती पत्र अध्यागमन विभागलाई दिलाई दिएको हुनाले यस्ता अमानवीय कार्य सम्भव भएको हो" भन्नु भयो ।

कोरियन मजदूरहरु र विभिन्न सामाजिक तथा धार्मिक संघ संस्थाहरुले प्रवासी मजदूर युनियनका पदाधिकारीहरुको स्वदेश फिर्ताको घोर विरोध गर्नुको साथै युनियनका सदस्यहरु धर्ना बसी रहेको अवस्था मात्र नभएर युनियनको स्थायित्वको लागी कोरिया सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा गोप्य रुपमा स्वदेश फिर्ता भनेको प्रवासी मजदूरहरुको मानव अधिकारको हनन गर्नु हो र युनियन माथिको दवाव हो । यस्तो कार्यमा नेपाली दूतावासको सहयोगको सम्बन्धमा कोरियाका नेपाली संघ संस्थाहले घोर आपत्ती जनाएको छ ।
कोरिया सरकारको दवावमा आएर विधि विधान र मौलिक हक अधिकारको वेवास्ता गर्दे नेपालीदूतावासले राष्टको तर्फबाट स्वीकृती पत्र दिनु भनेको प्रवासी नेपालीहरुको मानवअधिकारको हत्या गर्नु हो । नेपालीदूतावासको यस्ता प्रवृतीले नेपाली श्रमिकहरुको लागी कोरिया अवसरको राष्‍ट्र नभएर श्रापको राष्‍ट्र पनि हुन सक्ने बुद्धिजीवीहरुको भनाई छ ।