बिरानो बनेछ आफ्नै खेतपाखा
बिरानो भएछ मेल मायाको भाका ।।

पहिले पनि दुःख कम थिएन
अभागीको दर्द कसैले बुझेन ।।

आँसु पुछ्न आतुर भइ अघि सर्‍यौँ
आँसुको दह दिएर के गर्‍यौँ ।।

यी टुहुरा को हुन् विधवा बेसहारा
सोच कसका यी हुन् अभिभारा ।।

रगतको नदीमा कस्तो यो पौडी
कही रुन्छन्् बाबा कहीँं त्रि्रै गौरी ।।

र्फक निकाल सिर्जनाको बाटो
बेहाल आमा नबन अब लाटो ।।

रगतको रगतसँग कस्तो यो होली
बुद्धभूमिमा कसले रोप्यो गोली