http://mtu.or.kr             (प्यारो छोरा)

  बाबा आमाको शुभ आशीर्वाद
हामी जिवितै छौ यो दुइ अक्षर लेख्ने वेलासम्म
अनि,
  तिमी त्यहां आफ्नो ख्याल राख्नु
गाँउघरको चिन्त नलिनु
तिमीले चिन्ता लिएर के गर्न सक्छौ ?

  आजकल गाँउघर, गाँउघर जस्तो छैन
गाँउको रोधीघर सुनसान छन्
तिम्रा दौतरी साथीहरु कोहि छैनन्
सबई मुग्लान गए कोहि तिमी जस्तै,
जँगल पसे विर्खे जस्तै अनि
तल्लो घरे साईला वेपत्ता छ ।।

  गाँउभरी बन्दुकको वाजा वज्दैछ
निर्मम हत्याको नाँगो नांच नाच्दैछ
दाजुभाबन्दुकको विचमा काट मारको दोहोरी चल्दैछ
सारांगीको तार छिनिसक्यो,
मुरली र मादल टुटिसक्यो
बन्दुकको वाजामा,
क्रन्दन र पीडाको लय निस्कदैछ
अनि,
शोर वहादुरको पसलमा कात्रो सकिएर
पुरानो सिरकको खोलले काम चलाउदैछ ।।

आजकल
  वनमा कोइली कराउन पनि छाडेको छ
डाँफे र मुनाल धेरै भयो नदेखेको
सफा आकाश कालो वदलले ढाकेको छ
र वादल भित्र गिद्धको हुल उडदैछन्
अनि,
  जमिनमा ब्वाँसोको हुल रमाउदैछ
र हामी घाम नडुव्दै ढोका लगाएर कालसँग लुक्दै
एक मुठी प्राण जोगाउदैछौं ।।
    
           gam gurung (south korea)