खुसिको खबर निशुल्क स्वास्थ्य उपचार तथा परिक्षण
प्रवासीहरुलाई सुवर्ण अवसर यही ८ मार्च आइतावारको दिन दिनको १ बजे देखि साझ ५ बजे सम्म सदेमुन स्टेसन लाइन न: ५ गेट न: १ प्रवासी श्रमिक यूनियन (एम.टी.यु.)को कार्यालयमा थेहान बुल्ग्यो जुंगयांग सिन्दो हुए (छोगे जुंग) बाट निशुल्क स्वास्थ परिक्षण गर्ने भएको छ/ जसमा रगत, पिसाब ब्लड प्रेसर, मधुमेह लगायत सम्पूर्ण स्वास्थ्य सम्बन्धी सुझाव सल्लाह दबाइहरु उपलब्ध गराइने छ र साथमा कतै दुःखेको  छ भने अकुपन्चर (छिम) तथा कुनै मुद्दा मामिला तलब,ठेजिकम र कानूनी सल्लाह पनी दिईने छ / सो दिन रगत परिक्षण गराउन खाना २ घंटा अगाडी खायेको हुनु पर्ने छ /  प्रवासी हरु कामको  चपेटा, भाषाको समस्या र समयको अभावले भित्र- भित्र रोग पालेर अंतिम अवस्थामा उपचार गर्न जादा खर्च पनी बड़ी लाग्ने र कती साथिहरु रोग थाहा नापायेर मनपरी खानाले मृत्यु भएको हामीले देखेका र भोगेका छौ त्याही भएर समय-समयमा परिक्षण गराउन राम्रो हुने हुदा यस्तो परिक्षण क्याम्प बर्षमा ४ पटक मार्च,जून, सेप्टेम्बर र दिसेम्बरमा गराउने कुरा नरेन्द्र गुरुंग ज्युले जानकारी गराउनु भयो र सम्पति भन्दा स्वास्थ्य लाई पहिला ख्याल राखनु पर्ने स्वाथ्य छ भने सम्पति जहिले पनी कमाउन सकिन्छ, सम्पति भएर स्वास्थ्य छैना भने त्यों सम्पति के को काम त्यही हुनाले यस्तो अवसर सबैले नगुमाउन हुन अनुरोध गरेको छ /यदि यहाहरुलाई यहाँ आउन कठिनाई परेमा मोबाईल नंबर ०११-९३०९-२०८७ मा संपर्क गर्न सक्नु हुनेछ /