December 19th, 2005

काठमाडौं प्रतिनिधि/  डिसेम्बर १९-
      राम्रो रोजगारीको आशामा सरकारले जान प्रतिबन्ध लगाएको देश इराकतर्फ हिँडेका ८० नेपाली मानवतस्करको फन्दामा परी कुबेतमा अलपत्र परेका छन्।

    उनीहरुले आफूहरुको भिसा सकिसकेको र कुनै पनि बेला कुबेती प्रशासनले बन्दी बनाउन सक्ने भन्दै आफूहरुको उध्दारका लागि करुण पुकार गरेका छन्।

    उनीहरुले उध्दारको आशा गर्दै श्रम मन्त्रालयमा फ्याक्स पठाएका छन्। कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै कुबेतमा अलपत्र अवस्थामा रहेका पूर्व डीएसपी होमबहादुर थापाले दुई लाखसम्म पैसा दलाललाई बुझाएर इराकका लागि हिँडेको तर आफूहरुलाई अलपत्र अवस्थामा कुबेतमा छाडिएको बताए।

   उनका अनुसार इराक जान हिँडेकाहरुमा पूर्व सैनिक र प्रहरीहरु बढी रहेका छन्। उनीहरुलाई हाल एक फिलिपिनो महिलाले झण्डै बन्दी अवस्थामा राखिरहेको र नेपाल फर्काइदिन भन्दा अस्वीकार गरेको उनले टेलिफोन अन्तर्वार्तामा बताए।
  श्रम राज्यमन्त्रीले यस विषयमा छानबिन भइसकेपछि मात्रै केही भन्न सकिने बताएका