28.jpg

प्रवासी मजदुर संगठन (एमटियु) कोरियामा रहेको प्रवासी मजदुरहरु स्वयमले गठन गरेको एक मात्र  स्वतन्त्र   मजदुर संगठन हो . यसले प्रत्यक बर्ष प्रवासी श्रमिकको बिभिन्न मागहरु राखी अन्तराष्ट्रिय मे दिवस मनाउदै आइ रहेको छ. यो बर्ष एमटियुले प्रवासी मजदुरको खाने बस्ने खर्च सम्बन्धि निर्देशिका खारेज गर्नु पर्ने ,प्रवासी मजदुरलाई न्युनतम ज्याला छुटै दिन पाउनकोलागि बनाउन लागिएको कानुन फिर्ता लिनु पर्ने ,कृषि क्षेत्रको मजदुरलाई तलब र बिदामा भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने ,सबै अधिकार कम्पनी मालिकलाइ भएको इपिएसलाई स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउने लगायतको मजदुरको हक अधिकार सुनिस्चित भएको डब्लुपीएसमा रुपान्तर गर्नु पर्ने , काम गर्ने र  खोज्ने अवधि लामो हुनुपर्ने लगायतको माग राखी अन्तर्राष्ट्रिय मे दिबस अप्रिल २८ तारिक दिनको २ बजे सउल फोसिंगकमा मनाउन गई रहेकोले सबै प्रवासी मजदुरहरु सहभागी भईदिनु दिनु हुन् सुचित गरिन्छ .खासगरी अन्तर्राष्ट्रिय मजदुर दिबस मे १ तारिक हो .तर प्रवासी मजदुरलाई मे दिबसको दिन बिदा नदिने भएकोले एमटियुले मे दिबस आइतबार मनाउन लागेको हो .


मिति : २०१९ अप्रिल २८ तारिक आईतबार

स्थान : सउल फोसिंगाक  . रेल लाइन न १ जोंगाक स्टेशन गेट न ४ .

समय : दिनको २ बजे .

सम्पर्क : उदय राई ०१० -५६७५ -२०११

        मधुसुदन ओझा : ०१०- ३०४६-२९८४