14 평택.jpg प्रवासी मजदुर युनियन (एमटियु) कोरियामा रहेको प्रवासी मजदुरहरु स्वयमले गठन गरेको एक मात्र  स्वतन्त्र   मजदुर युनियन हो . यसले निरन्तररुपमा प्रवासी मजदुरको बिभिन्न माग राखी संघर्ष गर्दै  आइ रहेको छ.  यसै अनुसार  प्रवासी मजदुरको खाने बस्ने खर्च सम्बन्धि निर्देशिका खारेज गर्नु पर्ने ,प्रवासी मजदुरलाई न्युनतम ज्याला छुटै दिन पाउनकोलागि बनाउन लागिएको कानुन फिर्ता लिनु पर्ने ,कृषि क्षेत्रको मजदुरलाई तलब र बिदामा भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने ,सबै अधिकार कम्पनी मालिकलाइ भएको इपिएसलाई  स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउने डब्लुपिएसमा रुपान्तर गर्नु पर्ने ,काम गर्ने र  खोज्ने अवधि लामो हुनुपर्ने लगायतको सरकारसग माग राखी यहि जुलाई महिना १४ तारिक आइतबार दिनको ३ बजे फ्यंगथेकमा बृहत र्याली (दबाबमुलक गतिबिधि) गर्न गई रहेकोले सबै प्रवासी मजदुरहरु सहभागी भई दिनु हुन् आह्वान गर्दछौ .


मिति : २०१९ जुलाई १४ तारिक आईतबार

स्थान : ख्यंगी  फ्यंगथेक  . रेल लाइन न १ 평택 역 .exit No 1 

समय : दिनको ३  बजे .

सम्पर्क : उदय राई ०१० -५६७५ -२०११

        मधुसुदन ओझा : ०१०- ३०४६-२९८४