28 ansan.jpg प्रवसी मजदुर युनियन (एमटियु) कोरियामा रहेको प्रवासी मजदुरहरु स्वयमले गठन  स्वतन्त्र  मजदुर युनियन हो . यसले निरन्तररुपमा प्रवासी मजदुरको बिभिन्न माग राखी संघर्ष गर्दै  आइ रहेको छ.  यो बर्ष इपिएस लागु भएको १५ बर्ष पुरा हुदैंछ .तर पनि यसको नराम्रो पक्षको अझै सुधार ,खारेजी भएको छैन .. प्रवासी श्रमिकहरु शोषित पिडित छन् .कम्पनीमा भेदभाब यथावत छ . नारामो अवस्थामा पनि काम गर्न बाध्य छौ हामी प्रवासी श्रमिकहरु .यसै अनुसार यो प्रणालीमा सुधार हुनु पर्यो. स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउने अधिकार सुनिस्चित हुने कानुन बनाउनु पर्ने , प्रवासी मजदुरको खाने बस्ने खर्च सम्बन्धि निर्देशिका खारेज गर्नु पर्ने ,प्रवासी मजदुरलाई न्युनतम ज्याला छुटै दिन पाउनकोलागि बनाउन लागिएको कानुन फिर्ता लिनु पर्ने ,कृषि क्षेत्रको मजदुरलाई तलब र बिदामा भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने  लगायतको माग गर्दै अगष्ट १८ तारिक आइतबार दिनको २ बजे सउल फईनान्स सेन्टर अगाडी  बृहत र्याली (दबाबमुलक गतिबिधि) गर्न गई रहेकोले सबै प्रवासी मजदुरहरु सहभागी भई दिनु हुन् आह्वान गर्दछौ .

 

मिति : २०१९ अगष्ट  १८ तारिक आईतबार

स्थान : सउल फाइनान्स सेन्टर  . रेल लाइन न १ र २ सउल सिटिहल स्टेशन गेट न  ४

समय : दिनको २  बजे .

सम्पर्क : उदय राई ०१० -५६७५ -२०११

        मधुसुदन ओझा : ०१०- ३०४६-२९८४