12.15.jpg प्रवासी मजदुर युनियन (एमटियु) कोरियामा रहेको प्रवासी मजदुरहरु स्वयमले गठन गरेको   स्वतन्त्र  मजदुर युनियन हो . यसले निरन्तररुपमा प्रवासी मजदुरको बिभिन्न माग ,कार्यस्थलको नाजुक अवस्थाको सुधार ,मजदुर अधिकार हनन गरि बनाईएको नियम कानुनको खारेजी सुधार गर्नु पर्ने ,राखी संघर्ष गर्दै  आइ रहेको छ.  यसै क्रममा संयुक्त राष्ट्रसंघद्वार घोषणा गरिएको बिश्व प्रवासी मजदुर दिबस २०१९ आउदो डिसेम्बर महिनाको १५ तारिक दिनको ३ बजे  सउल गुड मोर्निग सिटि अगाडी (थुन्ग्देमुन नजिक). प्रवासी मजदुर र उसको परिवारको अधिकार सम्बन्धि माहासन्धि कोरियन सरकारले अनुमोदन गर्नु पर्ने ,स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउने अधिकार सुनिस्चित हुने कानुन बनाउनु पर्ने प्रवासी मजदुरको तलब कटौती गर्ने खाने बस्ने खर्च सम्बन्धि निर्देशिका खारेज गर्नु पर्ने ,प्रवासी मजदुरलाई न्युनतम ज्याला छुटै दिन पाउनकोलागि बनाउन लागिएको कानुन फिर्ता लिनु पर्ने ,कृषि क्षेत्रको मजदुरलाई तलब र बिदामा भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने , इपिएसको मजदुरलाई थेजिकगुम कोरियामा नै दिनु पर्ने ,धरपकड बन्द गर्नु पने ,शरणार्थी,मौषमी मजदुर इपिएस मजदुर , बिबाहित प्रवासी महिला (कोरियन नागरिकसग) मजदुर सबैको हक अधिकार सुनिस्चित हुनु पर्ने ,ज्यान नगुमाई शुरक्षित् साथ काम गर्न पाउनु पर्ने लगायतको माग गर्दै बृहत रुपमा मनाउन गई रहेको हुनाले सबै प्रवासी मजदुरहरु सहभागी भई दिनु हुन् आह्वान गर्दछौ .

 

मिति : २०१९ डिसेम्बर १५ तारिक आईतबार

स्थान : सउल गुड मोर्निंग सिटि  . रेल लाइन न २ र ४  सउल हिस्ट्री एंड कल्चर पार्क स्टेशन गेट न १४. 동대문 역사문화공원역 14번출구

समय : दिनको ३ बजे .

सम्पर्क : उदय राई ०१० -५६७५ -२०११

        मधुसुदन ओझा : ०१०- ३०४६-२९८४

        जीबन राई :०१०-८२३२-४५९९

        तारा जीसी :०१०-२१५१ -३०६८

आदर्श मगर :०१०-५९४८-५४८६