17 day.jpg प्रवासी मजदुर स्वयमले आफ्नो  हकअधिकार सुनिस्चित गर्न स्थापना गरेको प्रवासी मजदुर संगठन(एमटियु )ले संयुक्त राष्ट्र संघद्वारा घोषित अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस सबै प्रवासी मजदुर  समान हुन भन्ने नाराको साथ  स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाइने डब्लुपीएस लागु गर्नु पर्ने , औधिगिक दुर्घटनाको कारण धेरै प्रवासी मजदुरले ज्यान गुमाई रहेकोले त्यस्तो घटना दोहोरिन नदिन सरकारले कडा कानुन बनाई कम्पनीलाइ पूर्णरुपमा पालन गराउन पहल गर्नुपर्ने, कृषि क्षेत्रको मजदुरले उत्पादन क्षेत्रमा परिबर्तन गर्न पाउनु पर्ने, प्रवासी मजदुरले आफनो परिवार ल्याउन पाउनु पर्ने,  ईपिएसको मजदुरले कोरियामै थेजिकगुम पाउनु पर्ने, कृषि क्षेत्रको प्रवासी मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज हुनु पर्ने, भिषा नभएको मजदुरलाई भिषा दिनु पर्ने र आवास सुल्क बाफत २०% सम्म काट्न पाउने सम्बन्धि निर्देसिका खारेज हुनुपर्ने लगायतको बिभिन्न मागहरु राख्दै यसै महिनाको (डिसेम्बर ) १२ तारिक सउल सिटिहल फाइनान्स बिल्डिंग अगाडि  ( रेल लाइन न १/२  सउल सिटिहल स्टेशन गेट न ४) र्‍यालीको आयोजना गर्न गइरहेकोले सम्पूर्ण देश को प्रवासी मजदुर मित्रलाई  उपस्थितकोलागि अनुरोध गर्दछौ

स्थान:- सउल सिटिहल फाइनान्स बिल्डिंग (ट्रेन लाइन न १/२ सउल सिटिहल स्टेशन गते न ४ )

समय:- दिउँसो ठिक २ बजे
मिति :- २०१७ डिसेम्बर १७ तारिक आइतबार .

सम्पर्क :उदय राई .०१० ५६७५२०११

       मधुसुदन ओझा ०१०-३०४६-२९८४