29 일.JPG

प्रवासी मजदुर संगठन एमटियु र केसिटियुले संयुक्त रुपमा अप्रिल २९ तारिक सउल फोसिन्गाकमा आयोजना गरेको अन्तर्राष्ट्रिय मे दिवस संम्पन्न भएको छ . मे १ तारिक मंगलबार  अन्तर्राष्ट्रिय मे दिवसको दिन भएपनि प्रवासी मजदुरले उक्त दिन बिदा नपाउने भएकोले प्रवासी मजदुरको बिदको दिन आइतबार परेर सधै  प्रवासी मजदुरले छट्टै यो प्रवासी मजदुर अन्तर्राष्ट्रिय मे दिवस मनाउने गरिएको छ . अन्तर्राष्ट्रिय मे दिवसको पुर्ब सन्ध्यामा आयोजित यो प्रवासी मजदुर मे दिवसमा प्रवासी मजदुरको मानब अधिकार र मजदुर अधिकार सुनिस्चित हुनु पर्ने ,स्वइच्छ्ले कम्पनी परिबर्तन गर्न पाउने डब्लुपीएस लागु गर्नु पर्ने ,खाने बस्ने खर्च सम्बन्धि निर्देशिका खारेज गर्नु  पर्ने ,कृषि क्षेत्रको मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने लगायतको माग राखेको थियो .

सभालाई सम्बोधन गर्दै प्रवासी मजदुर संगठन एमटियुको अध्यक्ष उदय राईले प्रवासी मजदुरहरु कोरियामा आउन लागेको ३० बर्ष हुन लागेको छ तर अझै कोरियन सरकारले उनीहरुको हक अधिकारलाइ मान्यता दिएको छैन .प्रवासी मजदुरहरु काम गर्दा बिरामी भएमा बिरामी छु भन्न पाउदैनन ,काम गार्हो भयो भने  गार्हो भयो भनेर भन्न नपाउने स्थितिछ .प्रवासी मजदुरलाई दासको रुपम लिन हुदैन यिनीहरु पनि अधिकार भएको मजदुर हुन् प्रवासी मजदुरले स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउनु पर्छभन्नु भयो . साथै प्रवासी मजदुरले भोगी रहेको बिभिन्न समस्या समाधान गर्नकोलागि दबाब दिन कम्पनी ,रोजगार केन्द्र ,श्रम बिभागमा जाने कार्यक्रम रहेको कुरा पनि बताउनु भयो .

यस्तै केसिटियु सउल क्षेत्रिय बिभागको अध्य्क्ष छोय उन छलले अमानविय ब्यबहार गर्ने औधोगिक प्रसिक्षण प्रणाली खारेज गरि रोजगार अनुमति प्रणाली लागु भए पनि जबर्जस्ति काम लगाउने ,न्यून ज्याला दिने र शोषण गर्ने कार्यहरु रोकिएको छैन .सबै मजदुरहरुको मानब अधिकार मजदुर अधिकार सुनिस्चित हुनु पर्छ . सरकारले कम्पनी मालिकको पक्षमा होइन मजदुरको पक्षमा रहेर कानुन बनाउनु पर्छ भन्नु भयो .

कम्पनीको समस्याबाट पिडित प्रवासी मजदुरहरुले पनि आफ्नो भनाइहरु राखेको थियो . बंगलादेश प्रवासी मजदुर रानाले ४ बर्ष १० महिनासम्म एकै कम्पनीमा काम गरे .इपिएसमा एकै कम्पनीमा काम गरेको अवस्थामा पुन कोरिया आउन पाउने व्यवस्था छ. तर साहुको गल्तीले म आउन नपाउने भए .त्यसकारण यो इपिएसमा सुधार हुनु पर्छ भन्नु भयो .

नेपाली महिला प्रवासी मजदुर मलिनाले म कोरिया आएको ९ महिना भयो .कृषि फर्ममा ११ घण्टा काम गर्दथे .घोप्टिएर काम गर्नु पर्ने भएकोले ढाडमा असर परेर अस्पताल जना पर्ने स्थिति आयो भाषामा राम्रो ज्ञान नभएर अस्पताल जान सकिन साहुलाई अस्पताल लानको लागि आग्रह गर्दा कुनै वास्ता गरेंन . कम्पनी परिबर्तन गर्न माग गर्दा पनि कुनै सुनुवाई भएन . अन्तिममा मैले साहुलाई पैसा तिरेर कम्पनी परिबर्तन गरे भन्नु भयो .

कार्यक्रममा बिभिन्न देशको प्रवासी मजदुर ,कोरियन मजदुर ,बिभिन्न मानब अधिकारबादी सस्थाको प्रतिनिधिहरुको बृहत उपस्थिति थियो .कार्यक्रमको पहिलो चरणको कार्यक्रम सकिए पछी थेहाक्नो सम्म मार्च गरि समापन गरिएको थियो .