29.jpg  

प्रवासी मजदुर संगठन एमटियु कोरियामा रहेको प्रवासी मजदुरहरुको एक मात्र मजदुर संगठन हो . यसले प्रत्यक बर्ष बिभिन्न मागहरु राखी अन्तराष्ट्रिय मे दिवस मनाउदै आइ रहेको छ .एमटियुले प्रवासी मजदुरको खाने बस्ने खर्च सम्बन्धि निर्देशिका खारेजको  मागलाइ मुख्य मागको रुपमा लिएको छ . गत बर्ष २०१७ को फेब्रुवरी महिनामा कोरियन सरकारले  प्रवासी मजदुरको खाने बस्ने खर्च सम्बन्धि निर्देशिका बनाएको थियो . जुन निर्देशिका अनुसार अपार्टमेन्ट ,पक्कि घरमा बस्न दिने र खान पनि उपलब्द गराएमा तलबको २० प्रतिशत रकम कम्पनीले प्रवासी मजदुरबाट लिन पाउने ब्यबस्था छ . अहिले धेरै जसो कम्पनीले यो निर्देशिकामा ब्यबस्था भए  अनुसार खाने बस्ने बापतको खर्च लिई रहेको अवस्था छ . जसले गर्दा प्रवासी मजदुरलाई ज्यादै मर्का परिरहेको छ . त्यसकारण यो एकतर्फी बनाएको निर्देशिका खारेजी साथै स्वइच्च्ले कम्पनी परिबर्तन गर्न पाउने डब्लुपीएस लागु गर्नु पर्ने माग गर्दै एमटियु र केसीटियुले २०१८ अप्रिल २९  तारिक आईतबार सउल फोसिन्गाक रेल लाइन न १ जोंग्गाक स्टेशन गेट न १ मा अन्तर्राष्ट्रिय मजदुर  दिबस (मे डे) को आयोजना गर्ने भएकोले सबै देशको प्रवासी मजदुरहरु सहभागी भईदिनु हुनु अनुरोध गरिन्छ .

मिति : २०१८ अप्रिल २९ तारिक आईतबार

स्थान : सउल जोंग्गाक रेल लाइन न १ गेट न ४

समय : दिनको २ बजे .

सम्पर्क : उदय राई ०१० -५६७५ -२०११

        मधुसुदन ओझा : ०१०- ३०४६-२९८४