agust 5.jpg  

कोरियामा प्रवासी मजदुर स्वयमले प्रवासी मजदुरहरुकै समानता र हक अधिकार प्राप्तिको निम्ति गठन भएको एक मात्र मजदुर संगठन प्रवासी मजदुर संगठन (एमटियु)ले नियमित रुपमा प्रवासी मजदुरसग सम्बन्धित बिबिध बिषयमा शैशिक तथा अन्तरकृया कार्यक्रम गर्दै आइरहेको छ ।

यसै अनुसार यहाँ रहनु भएको प्रवासी मजदुरलाई मजदुर कानुन ,प्रवासी मजदुर सम्बन्धि परिबर्तन हुने लागेको नियम कानुन, इपिएस कानुन ,प्रवासी मजदुरले भोगिरहेको बिभिन्न समस्या र त्यसको समाधानको उपाय ,थेजिगुम, औधोगिक दुर्घटना र यसको क्षेतिपूर्ति लिने प्रक्रिया ,न्यूनतम तलब , मजदुर संगठन र यसको गतिविधि ,नया खाना तथा आवास खर्च सम्बन्धि निर्देशिका ,आवास आधार कानुन ,कोरियाले बनाउन लागेको इपिएसको मजदुरले बस्न पाउने अवधि सम्बन्धि नियम लगायत अन्य बिभिन्न बिषयमा जानकारी गराउने उद्देश्यले साथै कोरियामा “प्रवासी मजदुरको समस्या समाधान गर्न मजदुरको भूमिका” बिषयलाई लिएर २०१८ अगस्त ५  तारिक आइतबार दिनको १ बजे पुसान केसीटियुको हलमा शैक्षिक तथा अन्तरक्रिया कार्यक्रम गर्न गई रहेकोले सबै प्रवासी मजदुरहरु सहभागी हुनकोलागि जानकारी गराउदछौ ..

मिति :२०१८ अगस्त ५  तारिक आइतबार समय : दिनको १ बजे

स्थान : पुसान केसिटियु हल . रेल लाइन न २ बुन्ह्य्न स्टेशन गेट न ३

सम्पर्क : उदय राई : ०१०-५६७५-२०११

मधुसुदन ओझा : ०१०-३०४६-२९८४

आनन्द राई :०१० -५९६७ -३९९२