16.jpg

कोरियामा प्रवासी श्रमिकहरुले आफ्नो हक अधिकारकोलागि संघर्ष गर्न गठन गरेको प्रवासी मजदुर युनियन (एमटियु)ले प्रवासी श्रमिकले स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउनु पर्ने , खानेबस्ने खर्च सम्बन्धि निर्देशिका खारेज गर्नु पर्ने ,कम्पनी ब्यबसायीले प्रबासी श्रमिकको तलब घटाउन गरिएको माग फिर्ता लिनु पर्ने , इपिएस अन्तर्गतको श्रमिकले थेजिकगुम कोरियामै पाउनु पर्ने , ३ बर्ष पछि गरिने १ बर्ष १० महिनाको सम्झौता  कम्पनी मालिकको बिना सहमति गर्न पाउनु पर्ने ,आफ्नो परिवार झिकाउन पाउनु पर्ने , ५ बर्ष भन्दा बढी अवधिसम्म काम गर्नु पाउनु पर्ने , कम्पनी परिबर्तन गरेको श्रमिकले पनि कमिटेड श्रमिकको रुपमा आउन पाउनु पर्ने , कृषि क्षेत्रमा कार्यरत श्रमिकलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने , कृषि क्षेत्रको श्रमिकले उत्पादन क्षेत्रमा जना पाउनु पर्ने , प्रवासी श्रमिक र उसको परिवारको अधिकार रक्षाको निमित्त संयुक्त राष्ट्र संघबाट जारी कन्भेन्सनलाई कोरियन संसदबाट अनुमोदन गर्नु पर्ने लगायतको माग गर्दै यहि डिसेम्बरको १६ तारिक युएनबाट घोषित १८ औ अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस सउल ख्वांगह्वामुन (रेल लाइन न ५ गेट न ९ )मा भव्यरुपमा मनाउन गई रहेकोले सबै प्रवासी श्रमिकहरु सहभागी भईदिनु हुन आह्वान गर्दछौ .


मिति : २०१८ डिसेम्बर १६ तारिक आईतबार

स्थान : सउल ख्वांगह्वामुन रेल लाइन न ५ गेट न ९

समय : दिनको ३ बजे .

सम्पर्क : उदय राई ०१०-५६७५-२०११

        मधुसुदन ओझा : ०१०-३०४६-२९८४