प्रवासी मजदुर संगठन (एमटियु)द्वारा आयोजित अन्तर्राष्ट्रिय(प्रवासी मजदुर) मे दिबस अप्रिल ३० तारिक बिभिन्न कार्यक्रमको साथ भब्य रुप मा कोरियाको सउलमा संम्पन्न भएको छ ।

एमटियुले कोरियन सरकारलाई प्रवासी मजदुरको विभिन्न मागहरु राख्दै प्रत्यक बर्ष अन्तर्राष्ट्रिय (प्रवासी मजदुर ) मे दिवस मनाउदै आइरहेको छ अन्तराष्ट्रिय मे दिवसको दिन सबै मजदुरलाई बिदा दिनु पर्ने नियम भए पनि प्रवासी मजदुरहरुलाई धेरै कम्पनीले बिदा नदिने भएकोले मे दिबसको दिन भन्दा अगाडिको आइतबार मनाउने गरिएको छ |

अन्तराष्ट्रिय (प्रवासी मजदुर)मे दिबसको सभालाई सम्बोधन गर्दै प्रवासी मजदुर संगठन (एमटियु)को बरिष्ठ उपाध्यक्ष सेक आल मामुंनले आज हामी मजदुरहरुले मानबिय जीवन यापन गर्न पाउन पाउनु पर्ने माग राख्दै हाम्रो अग्रजहरुले आन्दोलन शुरु गरेको दिनको सम्झनामा यो कार्येक्रम गर्न गईरहेको छौ र हाम्रो अग्रजहरुले आफ्नो हक अधिकारको निम्ति संघर्ष गरेको कारण आज हामी सबै मजदुरहरुले आवाज उठाउन पाईरहेको छौ कोरियामा प्रवासी मजदुरको शंख्य बृद्दी भइरहेको अवस्था छ यसको कारण प्रवासी मजदुर बिना कोरियाको साना तथा मझौला कम्पनीहरुमा संचालन हुन नसक्नाले हो तर प्रवासी मजदुरलाई सरकारले उचित व्यवहार नगरेको अवस्था छ हरेक क्षेत्रमा प्रवासी मजदुरलाई भेदभाब गरिएको अवस्था छ थेजिकगुम पाउने बारेमा , ज्यालाको बारेमा ,कम्पनी परिबर्तनको बारेमा बनाइएको नियम कानुनहरु सबै भेदभाब पूर्ण छन यी नियम कानुनमा प्रवासी मजदुरको हक अधिकारलाइ ब्यवास्था गरिएको छ ।

जसले गर्दा प्रवसी मजदुरहरु शोषित पिडित छन हरेक समयमा बनाइने नियम कानुनहरु यस्तै प्रकारले बनाइएको छ इपीएस साथै अहिले बर्खरै पूर्णरुपमा लागु गर्न लागिएको मौषमी ,मजदुर प्रणालीलाइ हेर्दा हामीले प्रष्ट थाहा पाउन सकिन्छ ।

 

एमटियु निरन्तर रुपमा यस्तो भेदभाब पूर्ण तरिकाले बनाइएको नियम कानुनको खारेजीको माग गर्दै संघर्ष गर्दै आइरहेको छ तर कोरियन सरकारले मजदुरको अधिकारलाइ भन्दा कम्पनीको अधिकारलाइ बढी प्राथमिकता दिइरहेको छ सरकार एकदिन प्रवासी मजदुरको मागहरु पुरा गर्न बाध्य हुनु पर्नेछ यसकोलागि सबै संगठित हौ भन्नु भयो कोरियन प्रजातान्त्रिक मजदुर महासंघ (केसीटियु)का कार्यवाहक अध्यक्ष छोई जोंग जिनले अहिलेको सरकारले मजदुरलाई कसरि बढी दमन गर्न सकिन्छ , कसरि जुनसुकै समयमा निस्कासन गर्न सकिन्छ त्यता मात्र ध्यान दिई रहेकोछ प्रवासी मजदुरको हकमा पनि त्यही भइरहेको छ कम्पनीमा काम गर्ने स्थानको स्थितिमा सुधार हुनुको सट्टा अझ नाजुक भइरहेको छ केसीटियु मजदुरको न्युनतम ज्याला प्रति घण्टा १० हजार वोन ,मजदुर ३ अधिकार ,समान काम समान ज्यालाको निम्ति सधै शंघर्ष गर्ने छ भन्नु भयो ।

सोही कार्यक्रम लाई सम्बोधन गर्दै एमटियुको प्रचारप्रसार बिभाग प्रमुख मधुसुदन ओझाले प्रवासी मजदुरहरुको अवश्था नाजुक छ हामी कम्पनीमा कुटाइ खान , बलात्कृत हुन ,आत्माहत्या गर्न कोरिया आएको होइनौ कोरियामा अहिलेसम्म आर्थिक रुपमा ठुलो परिबर्तन भएको छ तर प्रवासी मजदुरहरु दासको जीवन बिताई रहेको छन् कोरिया आफुलाई बिकशित देश ठान्दछ तर कहिले प्रवासी मजदुरको समस्याको बारेमा ध्यान दिने हो चासोको बिषय भएको छ कोरियन सरकारले हामीलाई दिएको तलब पनि कटौती गर्नलाई बिभिन्न तरिकाहरु अपनाई रहेको छ खान बस्न दिए बापत लाग्ने खर्च तलबको २० प्रतिशत लिने निर्देशिका बनाएको छ।

 

शोचालय नभएको कन्टेनरमा बस्न लगाउने अनि लाखौ वोन भाडा लिने गरेको छ यसो हुनुमा अहिलेको रोजगार अनुमति प्रणाली (इपिएस) जिम्मेवार छ. प्रवासी मजदुरहरु औधोगिक दुर्घटनामा परि ज्यान गुमाई रहेको छन् .कम्पनी परिबर्तन गर्न नपाएर आत्महत्या समेत गर्ने क्रम जारीछ .इपिएस खारेज भएर डब्लुपीएस लागु नभएसम्म प्रवासी मजदुरहरु दासको जीवन बिताई रहनु पर्नेछ सबै प्रवासी मजदुर एमटियुमा संगठित भइ संघर्ष गरौ भन्नु भयो ।

 

यस्तै बंगलादेश,फिलिपिन ,र कम्बोडियाको प्रवासी मजदुरले पनि इपिएसको कारणले कम्पनीमा धेरै समयहरु भोग्नु परेको ,कृषि क्षेत्रमा लामो समयसम्म काम गर्नु पर्ने तर ज्याला नदिनाले श्रम शोषण भइरहेको यस्तो समस्य सरकारले चाडो भन्दा चाडो डब्लुपीएस लागु गरि समाधान गर्नु पर्ने कुरामा जोड दिएको थियो ।कार्यक्रममा विभिन्न देशको प्रवासी मजदुरहरु, केसीटियुको घटक युनियनको सदस्यहरु ,प्रवासी मजदुरहरुको हक अधिकारको निम्ति चासो राख्ने मानब अधिकारबादी सस्थाको प्रतिनिधिहरु सहभागी भएको थियो ।IMG_0649 30.JPG