प्रवासी मजदुर संगठन (एमटियु) र यसको कार्यकर्ता ,सदस्यहरुले कोरियामा रहेको प्रवासी मजदुरको हक अधिकार , भेदभब पूर्ण नियम कानुनको खारेज सुधारको बिषयलाई लिएर बिभिन्न गतिबिधिहरु गर्दै आइरेहेको छ . कोरियन सरकारले प्रवासी मजदुरको अधिकारलाई भन्दा कम्पनीको पक्षलाइ प्रथामिकता दिई लागु गरेको नियम कानुनले गर्दा प्रवासी मजदुरहरुले बिभिन्न किसिमको समस्याहरु भोग्नु परिरहेको अवस्था छ .तर यसको बारेमा हामी सबै जानकार छैनौ .किनकि नियम कानुन बनाएर लागु गर्ने सरकार राम्रो त्यहि कानुन पालना गर्ने कम्पनी मालीक नराम्रो भनि सोच्छौ .यी समस्याहरुको समाधानको उपाए २ किसिमको छ .(क) स्थाई (ख) अस्थाई .एमटियुले स्थाई रुपमा समस्या समाधानकोलागि गतिबिधि गर्ने अनि सवै प्रवासी मजदुरलाइ सहभागी हुन आव्हान गर्दछ . यसकोलागी कोरियन सरकारलाई दबाब दिनु पर्ने हुन्छ .नियम कानुन परिबर्तन गर्नु पर्ने हुन्छ . तर कोरियामा रहेको ९९ प्रतिशत प्रवासी मजदुरहरु समस्याको स्थाई समाधान गर्ने बाटो खोज्नु भन्दा समस्याको समाधानको अस्थाई बाटोहरु रोज्न रुचाउनु हुन्छ .(एउटा कम्पनीमा भनसुन बिन्ति भाउ गरेर एक जनाको समस्या  समधान होला तर अर्को कम्पनीमा फेरि दोहोरिन्छ) यसकोलागि प्रवासी मजदुर सगठन (एमटियु) को कार्यालयमा सम्पर्क गर्ने ,पदाधिकारी ,कार्यकर्ताहरुलाई फोन मार्फत सम्पर्क गर्ने ,सोधपुछ गर्ने ,समाधानकोलागि पहल गर्न आग्रह गर्ने गर्नु हुन्छ . एमटियु कार्यालयको साथै पदाधिकारी,कार्यकर्तालको व्यक्तिगत फोनमा सबै प्रवासी मजदुरहरुले गरेको फोनहरु उठाएर सकेसम्म उहाहरुको जिज्ञासाको बारेमा जवाफ दिने गरिएको छ . तर कार्यालयको कामको व्यस्तता, पदाधिकारी ,कार्यकर्ताको व्यक्तिगत व्यस्तताको कारण कति फोनहरु उठाउन नसकिएको अवस्थाहरु पनि छन . यसकोलागि हामी क्षमा प्रार्थी छौ .यदि कुनै समस्या परेको अवस्थामा एमटियु कार्यालय,पदाधिकारी ,कार्यकर्ताहरुको फोनमा सम्पर्क हुने नसकेमा कार्यालयसम्म पाऊ कष्ट गरिदिनु हुन अनुरोध गर्दछौ . फोनको मध्यमबाट सबै समस्या समाधान प्राय असम्भब पनि हुनेछ .भनिन्छ जुन चिज प्रयोग गरिन्छ त्यसको संरक्षण गर्न पनि जरुरि हुन्छ .कार्यालय समय बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म अनि कार्यालय आईतबारदेखि शुक्रबारसम्म संचालन हुने छ . प्रवासी मजदुर मित्रहरुले निम्न फोन नम्बरमा सम्पर्क गर्नु सक्नु हुनेछ . 
कार्यलय : 02-2285-6068
उदय राई :010-5675-2011
मधुसुदन ओझा :010-3046-2984 
कार्यालय ठेगाना : सउल रेल लाइन न ३ बुल्ख्वांग स्टेसन गेट न २ .

사무실 주소: 서울시 은평구 통일로 684() 질병관리본부 18 미주노종 서을본부 2 서울경기인천 이주노동자노동조합 . Seoul Train line No 3 Bulkwang station gate No 2 .main_logo.gif