दक्षिण कोरियामा कोरियन सरकारले बिभिन्न देशबाट प्रवासी मजदुरहरु ल्याएर बिभिन्न कम्पनीहरुमा काम लगाई रहेको अवश्था छ । यी प्रवासी मजदुरहरुले बिभिन्न किसिमको समस्याहरु भोगिरहेको छन ।हाल केहि हप्ता अगाडि मात्र कोरियामा नया राष्ट्र्पति निर्बाचित भएको छ । मन्त्रीमण्डल गठन हुने क्रम जारी छ । धेरै कोरियन जनताले यो सरकारबाट जनताको पक्षमा काम हुने छ भन्ने आशा गरेको छन । जनता, मजदुर लागयत समाजमा रहेको सबै बर्गको दैनिक जिबिकापार्जनको अवस्थामा परिबर्तन आउने छ । प्रवासी मजदुरहरु पनि यहि देशमा रहेर काम गर्ने भएकोले प्रवासी मजदुरहरले पनि आफनो बारेमा केहि सधार होला भन्ने आशा गरि रहेको अवस्था छ । जसले पनि जहा पनि नया सरकार आए पछि बिकाश साथै परिबर्तनको आशा गर्नु स्वभाविकै हो । तर ती हामीले होलाकि भनेर आशा गरिएको परिबर्नन ( नियम कानुन लगायत) जुनसुकै सरकार आए पनि त्यतिकै हुने वा गर्नेवाला छैन। यदि हामीले त्यतिकै परिबर्तत हुने आशा गरेको छौ भने त्यो हाम्रो भ्रम हुनेछ । हाम्रो भाबि दिनहरु अझ कष्टकर हुने छन । त्यसकारण आफनो माग पुरा गराउन , कुनै परिबर्तन गराउन हामीले सरकारलाइ घच्घच्याउनु पर्ने हुन्छ । यसरी प्रवासी मजदुर संगठन (एमटियु) कोरियाको बिगतको सरकारलाई प्रवासी मजदुरको हक अधिकार सम्बन्धि बिभिन्न किसिमको मागहरु राख्दै आईरहेको छ । आफनो मागहरु पुरा गराउन बिभिन्न गतिबिधिहरु गर्दै आई रहेको छ । अहिलेको नया सरकारलाई पनि बिगतको सरकारले लागु गरेको नियम कानुनको कारण प्रवासी मजदुरले भोगिरहेको समस्या समाधान ,ती नियम कानुन खारेजी ,सुधारको माग राखीएको र उतm माग पुरा गर्न दबाब दिन बिभिन्न दबाबमुलक गतिबिधि गर्ने योजना एमटियको रहेको छ । त्यसै अनुसार एमटियु र केसिटियुले आउदो आईतबार २०१७ जुन ४ तारिक सउल रेल लाईन न. ५ ख्वाङह्वामुनमा (राष्ट्र्पति भवन छेउ ) ईपिएसको प्रवासी मजदुरले स्वईच्छाले कम्पनी परिबर्तन गर्न र छनोट गर्न पाउनु पर्ने, कृषिमा लागु हुने मजदुर कानुनको धारा ६३ खारेज हुनु पर्ने, काम गर्ने क्षेत्र परिबर्तन गर्न पाउनु पर्ने, काम गर्न पाउने उमेरको हद हटाउनु पर्ने ,मजदुर ३ अधिकार सुनिस्चित हुनु पर्ने ,थेजिकगुम कोरियामा नै पाउनु पर्ने ,२० प्रतिसत खाने बस्ने सुबिधा उपलब्द गराए बापतको खर्च मजदुरले ब्यहोर्नु पर्ने निर्देशिका खारेज हुनु पर्ने, परिवार ल्याउन पाउनु पर्ने, लगातार ५ बर्ष भन्दा बढि काम गर्न पाउनु पर्ने ,१ बर्ष १० महिनाको अवधि कम्पनीको बिना अनुमति थप गर्न पाउनु पर्ने , कम्पनी परिबर्तन गरे पनि सिबिटि नदिई आउन पाउनु पर्ने , समान काम समान ज्याला पाउनु पर्ने लगायतको बुदाहरु समाबेश गरिएको कार्यभिषा प्रणाली (डब्लुपिएस) लागु गर्नु पर्ने कोरियन सरकारसग माग गर्दै बिभिन्न कार्यक्रम गर्दै धर्ना बस्ने भएकोले सम्पुर्ण देशको सबै प्रवासी मजदुरहरु सहभागी भई दिनु हुन हार्दिक अनुरोध गरिन्छ ।
कार्यक्रम हुने स्थान ,मिति र समय :
मिति : २०१७ जुन ४ तारिक आईतबार
समय : दिनको १ बजे ।
स्थान : सउल ख्वाङह्वामुन ,खुल्ला नगरी पार्क । रेल लाईन नं ५ ख्वाङह्वामुन स्टेसन गेट नं ९ (राष्ट्र्पति भवन नजिक)
सम्पर्क : मधुसुधन ओझा ०१० —३०४६—२९८४


photo_2017-05- poster.jpg