कोरियामा रहेको प्रवासी मजदुरहरुको हकअधिकार सुनिस्चित गर्दै उनीहरुको समानता र समस्या समाधानकोलागि संघर्ष गर्न सबै प्रवासी मजदुरहरुलाई संगठित गराउन प्रवासी मजदुर स्वयमले स्वतन्त्ररुपमा मजदुर ३ अधिकार अन्तर्गत स्थापना गरेको प्रवासी मजदुर संगठन(एमटियु )ले कोरियन सरकार समक्ष हाल औधिगिक दुर्घटनाको कारण धेरै प्रवासी मजदुरले ज्यान गुमाई रहेको त्यसको घट्न हुन नदिन सरकारले कडा कानुन बनाई कम्पनीलाइ पूर्णरुपमा पालन गराउन पहल गर्नुपर्ने , सबै प्रवासी मजदुरहरुले स्वतन्त्र रुप मा कम्पनी परिबर्तन गर्न पाउने अधिकारलाई मान्यता दिनु पर्ने, काम गर्न पाउने उमेरको हद हटाउनु पर्ने, कृषि क्षेत्रको मजदुरले उत्पादन क्षेत्रमा परिबर्तन गर्न पाउनु पर्ने, प्रवासी मजदुरले आफनो परिवार ल्याउन पाउनु पर्ने, ५ बर्ष भन्दा बढि अवधि लगातार काम गर्न पाउनु पर्ने, ईपिएसको मजदुरले कोरियामै थ्यैजिकम पाउनु पर्ने, कृषि क्षेत्रको प्रवासी मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज हुनु पर्ने, भिषा नभएको मजदुरलाई भिषा दिनु पर्ने, प्रवासी मजदुरलाई सम्भाब्य अपराधीको संख्या दिन बन्द गर्नु पर्ने, ईपिएसलाई डब्लुपिएसमा परिबर्तन गर्नु पर्ने, न्युनतम ज्याला १० हजार वन प्रती घण्टा हुनुपर्ने र आवास सुल्क बाफत २०% सम्म काट्न पाउने सम्बन्धि निर्देसिका खारेज हुनुपर्ने लगायतको बिभिन्न मागहरु राख्दै यसै महिना को २५ तारिक सुवन स्टेसन अगाडि र्‍याली को आयोजना गर्न गइरहेको ले सम्पूर्ण देश को प्रवासी मजदुर मित्र लाई अनिवार्य उपस्थित को लागि अनुरोध छ।
स्थान:- सुवन स्टेसन ६ नम्बर गेट बाट निस्किने
समय:- दिउँसो ठिक २ बजे
मिति :- २०१७ जुन २५ तारिक आइतबार .