사진 2.JPG .

प्रवासी मजदुरहरु संगठित भएर आफ्नो अधिकार प्राप्ति र समस्या समाधानको निम्ति विभन्न गतिबिधि गर्न गठन गरिएको प्रवासी मजदुर संगठन (एमटियु)ले अहिले लागु भईरहेको इपिएसको कारण प्रवासी मजदुर बिभिन्न किसिमको शोषणमा परिरहेको ,कम्पनी स्वइच्छाले परिबर्तन गर्न नपाइने भएकोले मजदुरको अधिकार हनन भईरहेको छ . जबर्जस्ति काम काम गर्न पर्ने , शारीरिक रुपमा असक्त हुदा पनि काम गर्नु पर्ने , शारीरिक रुपमा अशक्त भएको कुरा कम्पनी मालिकले नाबुझुदिने उचित उपचारको व्यवस्था नहुने जस्तो समस्या उत्पन्न भईरहेको छ .त्यसकारण इपिएस खारजे गरी कम्पनी परिबर्तन गर्न पाउने प्रवासी मजदुरको अधिकार सुनिस्चित हुने  ,मजदुर ३ अधिकार सुनिस्चित हुने ,कृषि क्षेत्रमा लागु हुने मजदुर कानुनको धारा ६३ खारेज गर्नु पर्ने , सबैले लामो समय काम गर्न पाउनु पर्ने , परिवार झिकाउन पाउने पर्ने ,काम गर्ने उमेरको हद हटाउनु पर्ने ,१ बर्ष १० महिनाको थप अवधि मालीको बिना अनुमति स्वतह थप हुनु पर्ने .कम्पनी परिबर्तन गरेको प्रवासी मजदुरले पनि सिबिटी नदिई आउन पाउनु पर्ने ब्यबस्था भएको कार्य भिषा प्रणाली (डब्लुपीएस) लागु हुनु पर्ने माग राख्दै एमटियुले अगष्ट २० तारिक यो आइतार सउल जोंगाक (फोसिन्गाक)मा दिन्को २.३० बजे बृहत कार्यक्रमको (रेल्ली) आयोजना गर्न गइरहेकोले सबै देशको प्रवासी मजदुरहरु सहभागी भईदिनु हुन हार्दिक अनुरोध गरिन्छ .

साथै कार्यक्रममा सहभागी हुन चाहनु हुने सउल ख्यंगी क्षेत्र भन्दा बाहिर बसोबास गर्नु हुने प्रवासी मजदुरहरुलाइ निशुल्क गाडीको ब्यबस्था गरिने छ  . तर १ गाडीमा ३० जना भन्दा कम आउने भएमा निशुल्क गाडीको व्यवस्था नहुने कुरा पनि जानकारी गराउदछौ .

मिति :२०१७ अगष्ट २० तारिक आइतबार .

स्थान : सउल जोंगाक (फोसिन्गाक ) रेल लाइन न १ गते न ४

समय : दिनको २.३० बजे