8.20 집회.jpg .
प्रवासी मजदुर संगठन (एमटियु) कोरियन प्रजातान्त्रिक मजदुर महासंघ(केसीटियु )  थेग्यंग, फुउल्ग्यंग क्षेत्रको प्रवासी मजदुर अधिकार समूह लगायतले कोरियामा प्रवासी मजदुरलाई दास बनाउने रोजगार अनुमति प्रणाली (इपिएस)खारेज हुनु पर्ने र स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाउने लगायत अन्य  सबै अधिकार सुनिस्चित हुने कार्य भिषा प्रणली (डब्लुपीएस) लागु गर्न माग गर्दै अगष्ट २० तारिक  आयोजना गरिएको बृहत अधिराज्य सउल केन्द्रित रेल्ली सम्पन भएको छ .कोरियाको सबै क्षेत्रबाट रेल्लीमा सहभागी प्रवासी मजदुरहरुले कोरियन सरकारले इपिएसले मजदुरको अधिकार सुनिस्चित गरेको ,कोरियन मजदुर सरह व्यवहार गरेकोले यो राम्रो प्रणाली हो भनेर बाहिर प्रचार गरे पनि वास्तबमा यो प्रणाली कोरियन सरकारले प्रचार गरको भन्दा बिल्कुल  फरक छ .प्रत्यक्ष भोगिरहेको प्रवासी मजदुरलाई थाहा छ .यसमा भएको प्रावधानले प्रवासी मजदुर शोषित भइ रहेको छ .प्रवासी मजदुरको अधिकारलाई मान्यता दिएको छैन .कम्पनीलाइ सबै अधिकार दिएकोले जबर्जस्ती काम गराउने प्रणाली हो भन्दै बुंन जे इन सरकारले इपिएस खारेज गरी डब्लुपीएस लागु गर्नु पर्ने कुरामा जोड दिएको थियो .
कार्यक्रमलाइ सम्बोधन गर्दै केसीटियुको कार्यबाहक अध्यक्ष छोय जोंग जिनले इपिएसले जुन किसिमले प्रवासी मजदुरलाई शोषण गरेको छ यो कोरियाकोलागि ज्यादै लज्जास्पद कुरा हो भन्दै कम्पनी मालिकलाई पुर्णरुपमा अधिकार सुम्पिन हुदैन .अधिकार सुनिस्चित हुने प्रणाली लागु गर्नु पर्छ .कम्पनीमा काम गर्ने स्थिति अतिनाजुक (poor working condition)भएको पशुको भन्दा पनि बढी मानब अधिकार हनन भइ अहिले पनि प्रवासी मजदुरले ज्यान गुमाई रहेको छन .इपिएसले असिमित रुपमा शोषण गरेकोले यो दास प्रणाली हो भनि कडा बिरोध गर्नु भयो .बिश्वको मानिस जो पनि प्रवासी मजदुर हुन सक्छन .मजदुरले पेशा रोज्न पाउने अधिकार जन्म हुदादेखिनै प्राप्त गरेको अधिकार हो भन्नु भयो .कम्पनी छनोट र परिबर्तन गर्न रोक लगाउने इपिएस खारेज हुनु पर्छ भन्नु भयो .
एमटियु अध्यक्ष उदय राईले कोरियामा १० लाख प्रवासी मजदुरहरु छन् .उनीहरुको मानब  र मजदुर अधिकार ओझेलमा परिरहेको छ .तर प्रवासी मजदुर समान रुपमा व्यवहार गरिनु र काम गर्न पाइने अधिकार छ . इपिएस खारेज हुनु पर्छ भन्नु भयो .
यस्तै कार्यक्रमा गत मे महिनामा ख्यंगपुक गुनउइ स्थित एक बंगुर कम्पनीमा कम्पनीको लापरबाहीको कारण मृत्यु भएको स्व. तेज गुरुङको दाजु दल गुरुङले (तेज गुरुंगको क्षेति पूर्ति र घटनाको सहि छानबिन गरि दोषीलाई कारबाही गरि आउदो दिनमा यस्तो घट्न हुन नदिन सरकारसग माग गरि कारबाही अगाढी बढाउन २ महिना अगाडी दल गुरुङ कोरिया आउनु भएको थियो ) मेरो भाइको बंगुरबाट निस्कने फोहोर(लिदी) जम्मा हुने ट्यांकी सफा गर्दा त्यसबाट निस्कने हानिकारक ग्यासको कारण मृत्यु भयो त्यस्तो काम गर्दा कम्पनी मालिकले कुनै पनि सुरक्षाको समान  नदिएको कुरा थाहा भयको छ .प्रवासी मजदुरको जीवनको कुनै वास्ता गरिएको छैन .प्रवासी मजदुर दास होइन .घटनाको शुरुमा कम्पनी मालिकले यो घटना घट्नुमा मेरो जिम्मेवारी छ . मैले गल्ति गरे समस्या समाधान गर्छु भनेको थियो . तर पछी आएर साहुले मेरा भाइको मृत्यु उनीहरुकै गल्तिको कारणले भएको हो भनि हुदैन नहुने कुरा गरिरहेको छ .यस्तो कम्पनी बन्द गरि कम्पनी मालिकलाइ कडा कारबाही गर्न कोरियन सरकार समक्ष माग गर्छु भन्नु भयो.
अर्का कुकमा (ई७भिषा) मा आएको चाइनिज प्रवासी मजदुर ख्वाक्सले कोरियन सरकारले हामीबाट राष्ट्रिय पेन्सन(खुकमिन) बिमा शुल्क जबर्जस्ती प्रत्यक महिना लिमे तर पछी पेन्सन नदिने गरेको छ .यसरि न्युनतम ज्याला लिएर लामो समय  काम गर्ने प्रवासी मजदुरलाइ अन्याय भैरहेको छ .हाम्रो मजदुर अधिकार ,मानब अधिकारको ख्याल गरिएको छैन .कोरिया प्रवासी मजदुरलाई शोषण गर्ने ,जबर्जस्ति पेन्सन (खुकमिन )बिमा शुल्क लिने अनि पेन्सन नदिने नैतिकता हिन देश हो भन्नु भयो .
विदेश लगानी औधोगिक प्रशिक्षण प्रणाली अन्तर्गत आएको इन्डियन प्रवासी मजदुर श्रीकान्तले कोरियाले औधोगिक प्रशिक्षण प्रणालीमा प्रसिक्षर्थिको रुपमा ल्याएर मजदुरको शोषण गरिरहेको छ .प्रशिक्षर्थि भन्ने लामो समय गार्हो काम लगाउने तलब आफु जुनदेशको हो त्यहि देशको पाउने ,सेवा सुबिधा नदिने  यस्तो सरकारलाई तपाई के भन्नु हुन्छ ?? अरु प्रणालीबाट आएको सगै काम गर्ने सहकर्मीले कानुन बमोजिमको सबै तलब सेवा सुबिधा पाउछ हामीले पाउचदैन. बास्तबिक कम्पनी नभई कागजी कम्पनी मार्फत औधोगिक प्रसिक्षार्थि प्रवेश गरिरहेको छन् . प्रसिक्षण दिने बहानामा मजदुरको चरम शोषण गरिरहेको छ .कोरियन सरकारले चाडो यो प्रणाली खारेज गर्नु पर्छ भन्नु भयो .यस्तै एमटियु प्रचारप्रसार विभागको मधुसुदन ओझाले इपिएस लागु भएको १४ बर्ष भएको छ .यसबाट हुने शोषणको अन्त्य भएको छैन .प्रवासी मजदुरले गरेको योगदानले कोरियाको आर्थिक स्थितिमा सुधार भए पनि प्रवासी मजदुरको स्थिति चाही दासको जस्तै छ . कम्पनी स्वइच्छाले परिबर्तन गर्न नपाउनु मुख्य समस्या  हो .कम्पनीमा यौन दुर्ब्यबहार लगायत विभिन्न दुर्ब्यबहारको सिकार बन्नु परेको छः कम्पनी परिबर्तन गर्न चाहेमा स्वदेश फिता पठाई दिने  दम्की दिने गरिन्छ . कम्पनीको  दबाब सहन नसकी कम्पनी परिबर्तन गर्छु भन्दा कम्पनीले अनुमित नदिएर आत्माहत्या गर्ने प्रवासी मजदुर बढिरहेको छ .कोरियन सरकारलाइ कुनै चासो छैन् . हामी आफ्नो परिवार छोडेर केहि आर्थिक सुधार हुने सपना लिएर कोरिया आएको हुन्छौ ,तर कोरियामा आएर इपिएसमा सबै अधिकार कम्पनीलाइ भएको कारण प्रवासी मजदुर दास भएर बस्नु पर्दा आफ्नो सपना सपनामा मात्र सिमित रहने गरेको छ  .  प्रवासी मजदुरलाई दास बनाउने इपिएस खारेज गरी डब्लुपीएस लागु गराउन हामी सबै प्रवासी मजदुर एक जुट भइ दबाब दिनु जरुरि छ भन्नु भयो . मुख्य कार्यक्रम सकिए पश्चात सबै सहभागी प्रवासी मजदुरहरु फोसिन्गाक देखि सउल क्षेत्रिय श्रम कार्यालय हुदै फेरी फोसिन्गाकसम्म विभिन्न मागको नारा लगाएर परिक्रमा गरी कार्यक्रम समाप्त भएको थियो .