1인시위.jpg प्रवासी मजदुर संगठन (एमटियु)ले डब्लुपीएसको माग गर्दै कोरियाको संसद भवन अगाडी एकल प्रदर्शन लगायत रेल्ली गर्ने  

कोरियामा रोजगार अनुमति प्रणाली(इपिएस)मा सबै अधिकार कम्पनीलाइ छ . प्रवासी मजदुरले कम्पनी मालिकको अनुमति बिना कम्पनी परिबर्तन गर्न पाउदैनन .जस्तोसुकै अवस्थामा पनि  जबर्जस्ती काम गर्नु बाध्य हुनु पर्नेछ . जसले गर्दा प्रवासी मजदुरहरुलाई शारीरिक ,मानसिक तनाब हुने अनि यस्तो समस्याको  सामना गर्न नसकेर आत्महत्या समेत गर्ने प्रवासी मजदुरको शंख्या बृद्दी भैरहको छ . त्यसैले आउदो दिनमा प्रवासी मजदुरले आफ्नो ज्यान गुमाउने घटना नदोहोरिनकोलागि ,सबै प्रवासी मजदुरको स्वतन्त्र रुपमा कम्पनी परिबर्तन गरि काम गर्न पाउने लगायतको  अधिकार सुनिस्चित गर्न अहिलेको इपिएस खारेज गरि कार्य भिषा प्रणाली (डब्लुपीएस)लागु गर्नु पर्ने माग कोरियन सरकार समक्ष राख्दै  प्रवासी मजदुर संगठन (एमटियु)ले यहि महिनाको १८ तारिक सोमबार (सेप्टेम्बर १८) देखि संसद भवन अगाडी बिहान ११ .३० बजेदेखि प्रत्यक दिन एकल प्रदर्शन ,अक्टोबर २८ र नोवेम्बर १२ तारिकको दिन बृहत रेल्ली गर्ने योजना भएकोले सबै प्रवासी मजदुरहरु सहभागी भई दिनु हुन हार्दिक अनुरोध गरिन्छ . रेल्लिको कार्यकमको बारेमा बृस्तृत जानकारी पछी गराइने छ