अध्‍यक्ष लिम्‍बुको पक्राउ प्रति प्रवासी नेपाली संघको घोर आपत्ती  

प्रेस विज्ञप्ति
यस प्रवासी नेपाली संघ अन्तर्गतको प्रवासी ट्रेड युनियन तथा एमटियुका अध्यक्ष तोर्ण लिम्बुलाई मिति २००८ साँझ ८ बजे एम टी यु कार्यालयबाट आफ्नो निवास स्थानमा फर्कने सिलसिलामा अध्यागमनका कर्मचारीले सुनियोजित ढंगले पक्राउ गरेका छन् । उहांको विरूद्ध गरिएको उक्‍त मानव अधिकार विरोधी कार्यको यस प्रवासी नेपाली संघ बुलन्द आवाज सहित कडा भसर्ना गर्दछ । साथै उहांको शीघ्र रिहाइको लागि तथा अन्य मजदूर साथीभाईहरुको हक अधिकारको लागि यो संघ जस्तो सुकै मुल्य चुकाएर पनि निरन्तर संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

विक्रम राई
अध्यक्ष
प्रवासी नेपाली संघ दक्षिण कोरिया ।