नेपाली जन सम्पर्क समिति दक्षिण कोरिया सभापतिको बिदाई    
११ मे  नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाको महाधिवेसन  जुन २९ मा हुने समय नजिकै आइसकेको अवस्थामा तत्कालीन  सभापति रतन सुब्बा आन्तरिक समस्याका कारण यही मे १६ तारिखका दिन स्वदेश फर्किनु हुनु भयेकोले  नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाको आकस्मित बसेको मिटिंगले उप-सभापति नरेन्द्र गुरुंग ज्यू लाई कर्यबाहक सभापतिमा चयन गरेका छन / उक्त बैठकले अगामी महाधिवेसन को लागी ९ बटेई क्षेत्रीय कमिटी बाट पर्तिनिधी जून १५ तारीख भित्र छानेर पठाउने निर्णय गर्दै सभापति ज्यू लाई धन्यवाद ज्ञापन गर्दै बिदाई स्वरुप सिउल दोंगदेमुन स्थित नमस्ते रेस्तुरेंटमा जलपान कार्यक्रमको आयोजना गरेको थियो / उक्त अवसरमा सभापति  सुब्बा ज्युले नेपालमा जानु परेता पनी यस समितिको लागी सदा लागी पर्ने र यहा बाट सिखेर गयेका कुरा हरुलाई र यहाहरू बाट पयेका सौहार्दतालाई कहिले पनी भूलने छैन भन्नु भयो बिदाई कार्यक्रममा क्षेत्र नंबर १,३,४,५ का अध्यक्ष भरत नेपाल ,जेबी राइ,आनंद गैरे,सूरज मणि पाठक र सल्लाह्कार साम्राज्य बिक्रम पाण्डे ज्युको उपस्थिति रहेको थियो /