माडी घटनाकी पीडित उपचारबाट वञ्चित

   मुकुन्द दाहाल चितवन । फागुन १० गते माडी घटनामा घाइते भएकी कल्याणपुर गाविस वडा नं ४ की २५ वर्षी सावित्री ढकाल उपचार हुन नसकी अझै छटपर्टाई रहेकी छिन् । गत जेठ २३ गते कल्याणपुर गाविस वडा नं ४ को बाँदरमूढे खोलामा नेकपा माओवादीले ना.२ ख ४५३२ नं को यात्रुबसमा विद्युतीय धराप विस्फोट गराउँदा १ सयभन्दा बढी घाइते भएका थिए । सावित्रीका बुबा छविलाल आफ्नी जेठी छोरीको उपचार हुन नसकेकोमा ज्यादै चिन्तित भएको बताउँछन् ।

"   देब्रे गोडाको नलीहाडनिर भाँचिएर घाइते भएको १० महिना हुन लागिसक्दा पनि पर्ूण्ा उपचार नभएकोले सोको लागि केही होला कि भनेर अझै पनि भौतारिरहेका छौं" उनले भने । त्यतिबेला उनको महेन्द्र आदर्श चिकित्सालय भरतपुरमा डेढ महिनासम्म उपचार भएको थियो। सो अस्पतालका चिकित्सकले भनेअनुसार दुई महिनामा फेरि जचाउँन जाँदा सो अस्पतालले उनको उपचारको लागि मंसिर २४ गते सैनिक अस्पताल छाउनीलाई सिफारिस गरेको थियो ।

    छविलालका अनुसार महेन्द्रआदर्श चिकित्सालय भरतपुरका मेडिकल सुपरिटेन्डेट डा दिल बहादुर के.सी.ले उनको भरतपुरमा जस्तै छाउनी अस्पताललाई पनि निशुल्क उपचारकालागि सिफारिस गरिदिएको बताएका थिए ।

  राम्रो उपचार हुने आशाकासाथ मंसिर २६ छोरीलाई लिएर छाउनी पुगेका उनी अस्पतालको व्यवहारले खिन्न बनाएको अनुभव उनको रहृयो । "यो त पुरानो केस रहेछ, यहाँ छाउनीमा त हुँदैहुँदैन लैजा" भनेर एम्बुलेन्सबाट ओराल्नै नदिएपछि छोरीलाई वीर अस्पतालमा लिएर गएको उनले बताए ।

"   वीर अस्पतालले मंसिर २७ गते पट्टी बाँधेर एक महिनाको लागि खाने औषधि लेखिदिएर पठाइदिए । त्यसपछि पट्टी पनि खोलियो र औषधि पनि सकियो तर गोडाले टेकेर हिड्न हुदैन" सावित्रीले भनिन् ।

  उनी भन्छन् "उपचारको लागि अपेक्षा गरेर सुकुम्बासी परिवारका बाबुको खासै आम्दानी छैन । कमाएको रकमले छाक र्टार्न पुग्दैन । सरकारले निशुल्क उपचार गरिदिने भने पनि भएन । अघिल्लो पटक भरतपुर बस्दा रु.१५ हजार खर्च भयो । त्यसपछि दुईदुई पटक भरतपुर र काठमाडौ जाँदा थप १२,१५ हजार खर्च भैसकेको छ । त्यो खर्च कसरी तिर्ने - अब पनि कति लाग्ने हो ठेगान छैन ।"

पीडितका ५ र ७ वर्षका दुई छोराहरू समेत छन् । सावित्रीलाई २०५५ सालमा प्रेम विवाह गरेर तीनवर्ष अघिदेखि बेवास्ता गरेपछि माइतीमा बसेर काम गरिरहेकी उनलाई यस्तो घटनाले थप मानसिक पीडा दिएको छ ।