अध्‍क्ष लिम्‍बुको पक्राउ प्रति आपतकालीन नेपाली सेवा समितिद्वारा विरोधापुर्ण्‍ा प्रेस विज्ञप्‍ति  

प्रेस विज्ञप्ति

हालै आएर दक्षिण कोरियामा मजदुरी व्यपार व्यवसाय तथा अन्य समाजसेवा मुलक कार्य गरी बसोबास गर्दै आएका नेपालीहरुलाई धरपकड गरी मानव अधिकारको हनन हुने गरी कोरियन अध्यागमन विभागका कर्मचारीहरुद्वारा पक्राउ गर्ने क्रम वृद्धि हुँदैछ । मिति २००८ मा पनि प्रवासी नेपाली संघ ट्रेड युनियन तथा एमटियुका अध्यक्ष तोर्ण लिम्बुलाई एमटियु कार्यालयबाट आफ्नो निवास स्थानमा फर्कंदा तथा आन्सानका स्थानीय नेपाली व्यपारी रोशन श्रेष्ठलाई बैंकबाट आफ्नो कार्य सकी फर्कंदा पक्राउ गरिएको छ ।

नेपालीहरु कोरियामा कुनै गैरकानुनी धन्दा गरेर बसेका छैनन् बरु आफ्नो श्रम र सीप प्रयोग गरी कोरियाको विकाशलाई नै सेवा पुर्याइरहेका छन् । तर पनि किन यस्तो अन्यायपुर्ण गिरफ्तारीहरु भइरहेका छन् । यो आपतकालीन नेपाली संघ यस्तो गैर मानव अधिकार पूर्ण कार्यको सशक्त विरोध गर्छ र यसको रोकथामको लागि कोरियन सरकार नेपाल सरकार मानव अधिकारवादी संघसंस्थाहरु तथा तथा सम्पूर्ण न्यायप्रेमी दाजुभाई दिदी बहिनीहरुको ध्यान आकषर्ण गराउँदछ ।

रघु त्रिपाठी
अध्यक्ष
आपतकालीन नेपाली समिति दक्षिण कोरिया ।