अप्रील ३ तारिख विहीबारका दिन दक्षिण कोरियाको दोस्रो ठुलो शहर बुसानको किमे स्तित इन्जे विश्व विद्यालयको प्रगनमा क्लाम्बिंग नेपाल ,नेपाली सांस्कृतिक प्रदर्शनी 'नेपाल सप्ताह' को भब्यताका साथ उदघाटन भएको छ । उक्त कार्यक्रम अप्रील ३ देखि  ११ तारीख सम्म हुने भएको छ / किम हक़ सो मेमोरियल प्रदर्शनी हलमा इन्जे बिश्व बिध्यालय का प्रमुख जे सूप पार्क,बिश्व प्रख्यात पर्वतारोही उम हंग गिल ,उक्त सहरका बिशेस ब्यक्तित्वहरु तथा नेपाली राजदूत कमल प्रसाद कोइराला द्वारा सयुक्त रुपमा रिवन काटी उदघाटन गर्नाका साथै दुई देश बिच यस कार्यक्रम ले र कार्यक्रम बारे इन्जे बिश्व बिध्यालय का प्रमुख जे सूप पार्क तथा नेपाली राजदूत कमल प्रसाद कोइरालाज्युले मंतब्य दिनु भएको थियो बृहद रुपमा राखियेका नेपाली सांस्कृतिक प्रदर्शनीका समानहरुको अवलोकन गरी दोस्रो चरनको कार्यक्रम छंगयोन्गसिल -क्वान अदोटेरियम हलमा बिश्व प्रख्यात पर्वतारोही उम हंग गिलले हिमाल संग र नेपाल संग मेरो सबंध बारे आधी घंटा लामो कहानी सुनाउनु हुंदा निकै चाख लिएर सुन्ने हरुको हल भरिने टनाटन थियो,नेपाली दुतावासका कंसुलर यादब खनाल र नेपाल टुरका केपी सिटौला ज्युले नेपाल बारे परिचय गरउनु भएको थियो भने सियोल देखि लामो यात्रा गरी नेपाल सास्कृतिक मंच द्वारा विभिन्न लोक नृत्य गीत हरु सुनायेर कार्यक्रम लाई रोचक तुल्याएको थियो / आजको उदघाटन कार्यक्रममा सियोल देखि नेपाल बौद्ध परिवार का अध्यक्ष नरेन्द्र गुरुंग,नेपाली जनसंपर्क समितिका अध्यक्ष रतन सुब्बा,सल्लाकर सम्राज्य बिक्रम पाण्डे नेपाली सम्पर्क समितिका उपाद्यक्ष डेबिट राई,एम टी युका उत्तरी साखा उपाद्यक्ष दीपेंद्र लम्साल, नेपाल कोरिया सांस्कृतिक मंचका अद्यक्ष प्रेम गुरुंग र कलाकार टोली र नेपाल कोरिया न्यूज़ डट कमका पुरु जोसी र देश परदेस कार्यक्रमका कोरिया प्रतिनिधि अशोक थापा मगर अनी सोही क्षेत्रमा रहने नेपाली श्रमिक बिद्यार्थी हरुको ब्यापक सहभागिता रहेको थियो भने हल बाहिर नेपाली समान तथा नमस्ते किमे रेस्तुरेंट, नेपाल टुरिजम बोर्ड का स्ट्ल रहेका थिए /      
नेपाली राजदूतावास दक्षिण कोरिया नेपाल पर्यटन बोर्ड र बुसानको इन्जे विश्व विद्यालयको संयुक्त आयोजनामा  भएको यो कार्यक्रम दक्षिण कोरिया स्थित नेपाली राजदूतावासले आफ्नो स्थापना पछि गरेको  यो नै पहिलो बृहद कार्यक्रम हो ।