मालिकको ज्यादतीको कारण कम्पनीमा हड्ताल
नेपाल मलाय खबर डट कम
इपो/सम्वाददाता
Email to friend
Add to Bookmark
Send your feedback
Printer Friendly


मालिकको ज्यादतीको कारण मलेसियाको इपोस्थित एस वाइ जी कम्पनीका मजदुरहरुले \"नेपाल क्रान्तिकारी संगठन मलेसिया\" को सहयोगमा ३० घण्टासम्म कम्पनीमा हड्ताल तथा धर्ना दिएका छन् । प्राप्त समाचारअनुसार उक्त कम्पनीमा कायर्रत मजदुरमाथि मालिकले बारम्बार कुटपिट गरि तलबसुविधामा समेत कटौती गरेपछि त्यहां कार्यरत नेपालीहरु नेपाल क्रान्तिकारी संगठन क्षेत्रिय कमिटि इपोको शरणमा पुगेका थिए । मालिकको ज्यादतीले वाक्क बनेका ८० जना मजदुरहरुले कम्पनीमा धर्ना दिएपछि स्थानिय मानिसहरु लगाएर मजदुरहरु तर्साउने काम गरेको थियो भने पुलिसले पनि बेला बेलामा धर्नालाई तितरबितर बनाउन खोजेको थियो ।

मजदुरहरुले कुनैपनि हालतमा कसैको दबाबमा नपरेपछि ५ जना कम्पनी मालिक र मजदुरहरुबीच सहमती भएको छ भने मजदुरहरुमाथि कुटपिट गर्ने मालिकले माफीसमेत मागेको थियो । सम्झौतामा आउादा दिनमा तलबसुविधा नियमित र पूर्वसम्झौता अनुसार दिने तथा मजदुरहरुलाई हातपात गरेमा सो हातपात गर्नेमाथि कम्पनीले कारबाही गर्ने भन्ने सम्झौतामा उल्लेख गरेको संगठनका इपो क्षेत्रिय संयोजक समीर नेम्वाङ्गले जानकारी गराएका छन् ।