글 수 340
नरोइ बसे ए, आमा तिमी
म फर्की आँउला
छोराको पौरख कोसेली स्वरुप
बाडेर खाउँला ।
सम्झेर आमा, भएर टाढा
धुरुक्क मन रुन्छ
आमाले सम्झे निद्रामा पनि
बाडुकी लाइरहन्छ ।
के गरौं आमा बाँच्नका निम्ति
म टाढा भएँछु
आमा कै निम्ति केही गर्छु भनि
यो दुःख सहेछु ।
नविर्से आमा सम्झना सधैं
आइरहोस् छोराको
कुरेर बस्नु समय हुन्छ
दशैं र तिहारको ।
ए, आमा ! सधैं नझारे आँसु
सम्झेर छोरालाई
फिर्ने छन् दिन, पर्दैन बस्न
सधैं न नै दुःख पाई ।
(हालः south korea)
म फर्की आँउला
छोराको पौरख कोसेली स्वरुप
बाडेर खाउँला ।
सम्झेर आमा, भएर टाढा
धुरुक्क मन रुन्छ
आमाले सम्झे निद्रामा पनि
बाडुकी लाइरहन्छ ।
के गरौं आमा बाँच्नका निम्ति
म टाढा भएँछु
आमा कै निम्ति केही गर्छु भनि
यो दुःख सहेछु ।
नविर्से आमा सम्झना सधैं
आइरहोस् छोराको
कुरेर बस्नु समय हुन्छ
दशैं र तिहारको ।
ए, आमा ! सधैं नझारे आँसु
सम्झेर छोरालाई
फिर्ने छन् दिन, पर्दैन बस्न
सधैं न नै दुःख पाई ।
(हालः south korea)