अध्‍यक्ष लिम्‍बुको नेपाली जनअधिकार मञ्‍च दक्षिण कोरियाको प्रेस विज्ञप्ती  


विश्व मजदुर आन्दोलनको एक हिस्सा ओगटेको प्रवाशी मजदुर आन्दोलनमा अग्रणी भुमिका खेल्दै आईरहेको कोरिया एम टि युका वर्तमान अध्यक्ष श्री तोर्ण लिम्बुलाई मे २ सांझ ८ः२० बजे वहांको कार्यलय अगाडी खाना खाएर फर्कर्दै गरेको अवस्थामा ठूलो संख्यामा आएका अध्यागमनका प्रहरीहरुले घेरा हाली अमानवीय तवरले गिरफ्तारी गरेको छ । साथै एम टि यु का उपाध्यक्ष बंगलादेशीलाई वहांको कोठामा अमानवीय तवरले गिरफ्तारी गरेको खवरले हामीलाई दुःखी तुल्याएको छ । कोरियन सरकारको उक्त निन्दनीय अवांक्षनीय र मानव अधिकारको सामान्य सिद्धान्तको समेत ख्याल नगरी गरिएको गिरफ्तारी प्रति नेपाली जनअधिकार मञ्‍च दक्षिण कोरिया घोर भत्सर्ना गर्दै नीज मजदुर नेताहरुको विनाशर्त रिहाईको लागि जोडदार माग गर्दछ साथै उक्त गिरफ्तारीको विरोधमा उभिनका लागि आफ्नो रगत र पसीना बगाई रहनुभएका सम्पूर्ण श्रमजिवी मजदुर साथिहरुलाई आफ्नो हक हित र अधिकारको लागि आ आफ्नो ठाउंबाट जुटी पुनः एक पटक उठ्न जोडदार आव्हान गर्दछौं ।


बाबुराम तामाङ
अध्यक्ष
नेपाली जनअधिकार मञ्‍च
दक्षिण कोरिया