कोरियामा नेपाली पत्रकार संघ
Filed under: अन्‍य
काठमाडौं, १७ साउन -कास)- दक्षिण कोरियामा रहेका पत्रकारितासम्बद्ध नेपालीहरूले प्रवासी नेपाली पत्रकार संघ गठन गरेका

छन् । पत्रकार महासंघका सभापति विष्णु  निष्ठुरी र प्रवासी नेपाली पत्रकार संघ -जापान) का संयोजक भूषण घिमिरेको उपस्थितिमा गठन भएको संघलाई महासंघले आफ्नो सम्पर्क केन्द्रका रूपमा पहिचान गरेको छ । संघको  संयोजकमा डम्बर सुब्बा र उपसंयोजकमा माधवी भट्ट तथा सदस्यमा भूपेन्द्र आचार्य, गणेश लिम्बू, राजु पाठक, बोधराज रेग्मी, रवि खनाल र केशव खडका छन् । यस संघठनले कोरियामा बस्‍ने नेपालीहरुको ताजा खबर प्रकाशन गर्नका साथै
देस बिदेसका पत्रकारहरु संग हातेमालो गरि अगाडि बढने निहत लिएको छ ।